विश्वभर १ करोड ३२ लाखभन्दा बढीलाई कोरोना संक्रमण, ५ लाख ७५ हजारको मृत्यु | Khabarhub Khabarhub

विश्वभर १ करोड ३२ लाखभन्दा बढीलाई कोरोना संक्रमण, ५ लाख ७५ हजारको मृत्यु


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर १ करोड ३२ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म १ करोड ३२ लाख ३४ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ९५ हजार ८५७ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७३१ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ७५ हजार नाघेको छ ।

एकै दिन १ लाख १४ हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । मंगलबार बिहान यो समाचार तयार पार्दासम्म निको भएका ७६ लाख ९१ हजार ४५१ संक्रमितमध्ये १ लाख १४ हजार २३२ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९६ हजार ८२२ जनाको मृत्यु भएको छ । २५ लाख ८६ हजार ५८६ जना संक्रमित भएकोमा १५ लाख १७ हजार ६०६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ८६ हजार ६१७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४० लाख ७० हजार ४१४ पुगेको छ । त्यसमध्ये १८ लाख ७६ हजार ९१० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ७१ हजार ४५३ जनाको मृत्यु भएको छ । ३० लाख १५ हजार ४९ जना संक्रमित भएकोमा २० लाख ९६ हजार १९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ६ हजार ४४० जनाको मृत्यु भएको छ । २९ लाख ३० हजार ८६६ जना संक्रमित भएकोमा १८ लाख ८५ हजार ४१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १३ हजार ५०४ जनाको ज्यान गएको छ भने ६ लाख १४ हजार ४१२ संक्रमित छन् । संक्रमितमध्ये ३ लाख ५ हजार ८५२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १३० जनाको मृत्यु भएको छ । ११ हजार ६४४ जना संक्रमित भएकोमा ९ हजार ३७२ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ७ : ११ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर