धनुषा- जिल्ला सदरमुकाम जलेश्वर जलमग्न भएको छ । बाढी बस्तीमा पसेपछि नगरबाट बाहिर निस्कन सक्ने सवै बाटो अवरुद्ध भएको छ ।
बाढी र डुबान प्रभावित क्षेत्रमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले निरीक्षण गरेका छन् । कटुवालसहित सुरक्षा निकाय, जनताको तटबन्ध, हुलाकी सडक तथा अन्य सम्बन्धित सरोकारवालासहितको टोलीले ट्याक्टरमा चढेर प्रभावित क्षेत्रको निरीक्षण गरेको हो ।
निरीक्षणको क्रममा जलेश्वरमा बाढीको पानी आउने रातु नदीको एकडारा गाउपालिका ६ कोल्हुवा र महोत्तरी गाउपालिकाको रानी रतवाराको मध्यभागमा अवस्थित तटबन्ध मंगलबार भित्र पुर्ण मर्मत गरिसक्न जनताको तटबन्धलाई प्रजिअ कटुवालले निर्देशन दिए ।
प्रजिअ कटुवालले नदीमा ठुलो बाढी आउने पानी तत्काल नभएपनि विभिन्न स्थानमा कमसल र जिम्मेवारीबिहीन किसिमले निर्माण गरिएको अधुरो तटबन्धकै कारण जिल्लाका धेरै स्थान डुवानमा परिरहेकोले त्यसता स्थानहरु उनले आफै निरिक्षण गर्दै जनताहरुसँ गुनासो सुन्दै चाँडै समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
यता जलेश्वर कारागारमै करिब तीन फिट पानी जमेर पानीको हातेकल र भान्सा घर नै डुवानमा परेपछि नेपाल रेडक्रस सोसाईटी महोत्तरी शाखाले सय कार्टुन पानीको बोतल सहयोग गरेका छन । हातेकलमा पानी पसेर पानी पिउने अवस्था नभएपछि रेडक्रसले सहयोग गरेको हो ।
सदरमुकाम जलेश्वर, मटिहानी, पिपरा, वल्वा, महोत्तरी लगायतका पालिकाहरुमा रहेको पानीको चाप केहि मात्रामा कम भएको छ । विपद व्यवस्थापन समितिले बन्द सडक र कमजोर तटबन्ध मर्मतको लागि कडाई गरेपछि भोलि साझसम्म हुलाकी र परिक्रमा सडकहरु खुल्ने सम्भावना छ । शुभम साहबाट
प्रतिक्रिया