‘क्याप्टेन मार्भल’ रिलिज हुँदा ‘लभ स्टेशन’ लाई कति घाटा ? « Khabarhub

‘क्याप्टेन मार्भल’ रिलिज हुँदा ‘लभ स्टेशन’ लाई कति घाटा ?


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वव्यापी धमाकेदार व्यापार गरेको हलिउड फिल्म ‘क्याप्टेन मार्भल’ गत फागुन २४ मा रिलिज हुने भनिएको थियो । तर नेपालको वितरण टिमसँग कुरा नमिलेपछि अन्तिम समयमा आएर यो फिल्म चलेन । अहिले भने यो फिल्म विदेशमा रिलिज भएको निकै ढिलो गरी नेपालमा रिलिज हुने भएको छ ।

गोपीकृष्ण मुभिजसँगको सम्झौता भएपछि यो फिल्म नेपालमा भोलि चैत्र २२ गतेदेखि प्रदर्शनमा आउन लागेको हो । नेपाली दर्शकमाझ पनि उत्तिकै प्रतीक्षित यो फिल्म भोलि रिलिज हुने भएपछि यसको असर नेपाली फिल्म ‘लभ स्टेशन’ मा पर्ने देखिएको छ । ‘लभ स्टेशन’ मा पछिल्लो समय युवापुस्तामाझ नोटिस भएका अभिनेता प्रदीप खड्का छन् । उनको अपोजिटमा नायिका जसिता गुरुङ छिन् । यो फिल्म पहिले नै चैत्र २२ मा रिलिज हुने तय भएको थियो ।

लभस्टोरी यो फिल्म एक्लो रिलिज हुन लागिरहेका बेला हलिउडको प्रतीक्षित फिल्म ‘क्याप्टेन मार्भल’ रिलिज हुने भएपछि ‘लभ स्टेशन’ लाई घाटा हुने देखिएको हो ।

यद्यपि काठमाडौंमा सबैभन्दा धेरै व्यापार गर्ने क्युएफएक्सका मल्टिप्लेक्स हलहरुमा भने यो फिल्म रिलिज गरिने छैन । यीबाहेक अन्य मल्टिप्लेक्स हलमा ‘क्याप्टेन मार्भल’ लाग्नेछ । प्रदीप र जसिताको फिल्म ‘लभ स्टेशन’ ले दर्शकमाझ एक किसिमको क्रेज भने बनाउन सफल भएको छ ।

हलिउड फिल्मले एक खाले दर्शकलाई आफूतिर तान्ने आँकलन गरिए पनि सिङ्गल थिएटरका हलमा भने प्रदीपको फिल्मले पनि दर्शक ओसार्ने अनुमान गरिएको छ ।

निकै ढिलो गरी रिलिज भएको ‘क्याप्टेन मार्भल’ ले मल्टिप्लेक्सका दर्शकलाई आफूतिर ताने पनि अन्य दर्शकको रोजाइमा भने ‘लभ स्टेशन’ नै पर्ने अनुमान गरिएको छ ।

भोलि शुक्रबारदेखि नै यी दुईबाहेक हलिउड फिल्म साजम पनि रिलिज हुँदैछ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ३ : ५१ बजे

पहिराले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर– हेटौँडा–काठमाडौँ सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका–८ स्थित भरेङडाँडामा बिहानैदेखि यातायात

पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध

खलङ्गा– दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा  सडक अनुशासन पालना नगर्ने

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट

काभ्रेपलाञ्चोक– काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा

हराभरा चक्रपथको सानेपा क्षेत्र (फोटो फिचर)

ललितपुर – काठमाडौँ उपत्यकाको चक्रपथ विस्तारको दोस्रो खण्ड निर्माणमा भएको