बार चुनावको मतगणना सम्पन्न, केहीबेरमा परिणाम « Khabarhub

बार चुनावको मतगणना सम्पन्न, केहीबेरमा परिणाम


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत गणना सम्पन्न भएको छ । पछिल्लो मत परिणाम अनुसार प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठले ३६७७ ल्याएका छन् ।

निर्वाचन कमिटीले आधिकारिक घोषणा गर्न बाँकी रहे पनि चण्डेश्वर श्रेष्ठ निकट व्यवसायीहरुले भने जित भएको भन्दै खुशीयाली मनाउन थालेका छन । श्रेष्ठ नेकपा निकट प्रगतिशील, पेशागत तथा समावेशी समूहका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका हुन् । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक प्यानलका सुनिल पोखरेलले पछिल्लो मत परिणाम अनुसार ३ हजार ५ सय ८३ मत ल्याएका छन् ।

महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल अघि छन् । त्यसैगरी प्रगतिशील समूहकै तर्फबाट कोषाध्यक्षमा रुद्रप्रसाद पोखरेल र महिला उपाध्यक्षमा रक्षा बस्याल पनि अगाडि छन् ।

पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो । एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक महिला उपाध्यक्ष र सातै प्रदेशबाट एक एक गरी आठ उपाध्यक्ष तथा १४ केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो ।

२५ सदस्यीय कार्यसमितिको लागि ६३ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये ८ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ५ : ०५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्