राखेपको सदस्यसचिवका लागि नाम दर्ता गराउने को को ? नामसहित « Khabarhub

राखेपको सदस्यसचिवका लागि नाम दर्ता गराउने को को ? नामसहित


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवका लागि निवर्तमान सदस्यसचिव रमेश कुमार सिलवालसहित १२ जनाले नाम दर्ता गराएका छन् ।

सदस्यसचिवका लागि आवेदन दिने १२ मध्ये तीन जना महिला छन् भने ८ जना पुरुष उम्मेदवारले नाम दर्ता गराएका छन् ।

बिहीबार दिउँसोसम्म सदस्य सचिवका लागि आवेदन दिन पाउने समय सीमा तोकिएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजगत्वको सदस्यसचिव सिफारिस समितिले आवेदक मध्येबाट एक महिलासहित ३ जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ ।

गएको शुक्रबार सदस्यसचिव नियुक्त कार्यविधि बनाउँदै मन्त्रालयले दरखास्त आव्हान गरेको थियो । यसरी खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव नियुक्त हुन लागेको यो पहिलो पटक हो ।

यसअघि मन्त्रालयको सिफारिसमा सरकारले सदस्यसचिव तोक्ने गरेको थियो ।

अहिलेसम्म सदस्य सचिवका लागि आवेदन दिने आवेदकहरु
रोशन महर्जन
अनिल अधिकारी
हर्क बहादुर राई
मिना श्रेष्ठ
शिवराज भट्ट
लिल बहादुर थापा
रविराज कणिकार
अच्युत लामिछाने
निलम बज्राजार्च
रमेश कुमार सिलवाल
मेघराज पौडेल
अन्जु श्रेष्ठ

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  १० : २८ बजे

अध्ययन गर्नेगरी कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र