मुक्तिनाथ विकास बैंकमा राखेको बम सेनाद्वारा निष्क्रिय | Khabarhub Khabarhub

मुक्तिनाथ विकास बैंकमा राखेको बम सेनाद्वारा निष्क्रिय


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान- सल्यानको बागचौर नगरपालिका–२ स्थित मुक्तिनाथ विकास बैंकमा राखिएको बाल्टिन बम आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।

नेपाली सेनाको सवुज गण सिमखर्कबाट गएको सहसेनानी सन्देश थापाको बम डिस्पोजल टोलीले आज दिउँसो १:२४ बजे सो बम निस्क्रिय पारेको हो । बैंकमा बम रहेको हल्ला फैलिएपछि प्रहरीले सो ठाउँलाई नियन्त्रणमा लिई शिलबन्दी गरेको थियो ।

बमसँगै जनपरिषद् सल्यानको नाममा राखिएको पर्चामा कोरोना महामारीको समयमा समेत किसानहरुसँग ऋण असुली गरेको, लकडाउनको समयमा किसानहरुलाई ऋण तिर्न बाध्य पारेकोलगायतका कुराहरु लेखिएको पर्चा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घटनाको कसैले जिम्मेवारी नलिए पनि प्रतिबन्धित नेकपा माओवादीले राखेको हुनसक्ने अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको र बम राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश सरकारले साउने सङ्क्रान्तिको अवसरमा सार्वजनिक बिदा दिइएकाले बैंक बन्द रहेको थियो । कार्यालयको आन्तरिक कामका लागि कर्मचारी कार्यालयमा जाने क्रममा बम जस्तो शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ८ : १० बजे

सिद्धार्थ बैंकले दिएको लाभांश लिन गएनन् लगानीकर्ता

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले दिएको लाभांश लिन लगानीकर्ता नगएको

शिवजीको पूजा र ‘सेल्फी’मा रमाउँदै महिला (तस्बिरहरू)

काठमाडौं– भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्व मंगलबार देवाधिदेव

सरकारले उखु किसानका माग पूरा गर्नुपर्छ : डा. कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनरत उखु

महालक्ष्मी विकास बैंकको कम्पनी सचिवमा पन्त

काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडको कम्पनीको सचिवमा सोमराज पन्त

मुक्तिनाथ म्युचुअल फण्ड १ : ३.८ प्रतिशत लाभांश खातामा जम्मा

काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा मुक्तिनाथ