सिन्धुपाल्चोक फुल्पिङमा फेरि गयो पहिरो « Khabarhub

सिन्धुपाल्चोक फुल्पिङमा फेरि गयो पहिरो


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- पहिरोमा परी २ जनाको मृत्यु र ३ जना हराइरहेको सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर ४, फुल्पिङमा बिहीबार राति फेरि पहिरो गएको छ।

जसले गर्दा त्यहाँको बस्ती नै विस्थापित भएको वडाध्यक्ष साङदोर्जे शेर्पाले जानकारी दिए। शेर्पाका अनुसार त्यहाँ १६ घर छन् । सबै पहिरोको जोखिममा परेकाले सुरक्षित ठाउँमा सारिएको उनले बताए ।

उनका अनुसार बिहीरबार राति गएको पहिरोले थप दुई घर क्षतिग्रस्त बनाएको छ भने यसअघि बुधबार राति गएको पहिरोले आंशिक क्षति गरेको स्थानीय सेतीदेवी आधारभूत विद्यालयको भवन पूरै पुरेको छ।

उनका अनुसार बिहीबार रातिको पहिरोले घर क्षति गरे पनि त्यस घरका परिवारलाई हिजै सुरक्षित ठाउँमा लगिएकाले मानिसलाई भने केही हुन पाएन।

वडाध्यक्ष शेर्पाका अनुसार १६ परिवारमध्ये एक–दुई परिवार काठमाडौं जाने भएका छन् भने दुई–तीन परिवार आफन्तकोमा जाने र बाँकीलाई डाँडागाउँ स्वास्थ्य चौकीको भवनमा राखिने उनले जानकारी दिए।

उनका अनुसार बुधबार रातिको पहिरोमा बेपत्ता ३ जना अझै फेला परेका छैनन्। पहिरो थपिएकाले अहिले बिहान नेपाली सेनासहित जेसीबी मेसिन झिकाएर खोजी गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  १० : १४ बजे

घरजग्गा र सेयरबजारमा गरिने लगानीले अर्थतन्त्रलाई गति दिन सक्दैन : थापा

काठमाडौं– नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले आगामी

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

मुस्ताङ– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गत

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा– ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप समुदायस्तरमा

विपद्का घटनामा परी एकैदिन ७ जनाको मृत्यु, २५ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा  देशभर विभिन्न प्रकारका विपद्जन्य घटनामा परी

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली– कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच आगामी