सिन्धुपाल्चोक फुल्पिङमा फेरि गयो पहिरो | Khabarhub Khabarhub

सिन्धुपाल्चोक फुल्पिङमा फेरि गयो पहिरो


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- पहिरोमा परी २ जनाको मृत्यु र ३ जना हराइरहेको सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर ४, फुल्पिङमा बिहीबार राति फेरि पहिरो गएको छ।

जसले गर्दा त्यहाँको बस्ती नै विस्थापित भएको वडाध्यक्ष साङदोर्जे शेर्पाले जानकारी दिए। शेर्पाका अनुसार त्यहाँ १६ घर छन् । सबै पहिरोको जोखिममा परेकाले सुरक्षित ठाउँमा सारिएको उनले बताए ।

उनका अनुसार बिहीरबार राति गएको पहिरोले थप दुई घर क्षतिग्रस्त बनाएको छ भने यसअघि बुधबार राति गएको पहिरोले आंशिक क्षति गरेको स्थानीय सेतीदेवी आधारभूत विद्यालयको भवन पूरै पुरेको छ।

उनका अनुसार बिहीबार रातिको पहिरोले घर क्षति गरे पनि त्यस घरका परिवारलाई हिजै सुरक्षित ठाउँमा लगिएकाले मानिसलाई भने केही हुन पाएन।

वडाध्यक्ष शेर्पाका अनुसार १६ परिवारमध्ये एक–दुई परिवार काठमाडौं जाने भएका छन् भने दुई–तीन परिवार आफन्तकोमा जाने र बाँकीलाई डाँडागाउँ स्वास्थ्य चौकीको भवनमा राखिने उनले जानकारी दिए।

उनका अनुसार बुधबार रातिको पहिरोमा बेपत्ता ३ जना अझै फेला परेका छैनन्। पहिरो थपिएकाले अहिले बिहान नेपाली सेनासहित जेसीबी मेसिन झिकाएर खोजी गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  १० : १४ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका