राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन « Khabarhub

राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप- राष्ट्रिय परिचयपत्र बनाउन रामेछापमा विवरण संकलन कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयमा बिहीबारदेखि जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काको विवरण संकलन गरी औपचारिक रूपमा सुरुवात गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले नागरिकको व्यक्तिगत  तथा जैविक विवरण भएको राष्ट्रिय पहिचानसहितको सुविधायुक्त बहुउपयोगी प्रमाणपत्रका रूपमा लिइएको राष्ट्रिय परिचय पत्रको विवरण संकलनको काम अब जिल्ला प्रशासन कार्यालयबाट निरन्तर हुने बताए ।

नेपाल सरकारले २०७५ सालमा पाँचथर जिल्लाबाट सुरु गरेको यो कार्यक्रम चालू आवबाट रामेछापमा पनि सुरुवात भएको हो । परिचय पत्रका लागि विवरण भर्न सम्बन्धित ब्यक्ति स्वयं सक्कलै नागरिकता र सम्भव भएसम्म बुबा आमाको पनि सक्कलै नागरिकता लिएर आउनुपर्ने पनि प्रजिअ शर्माले बताइन् ।

परिचय पत्रका लागि सम्बन्धित ब्यक्तिको फोटो, १० औंलाको चक्र र अन्य व्यक्तिगत विवरण संकलन गरिन्छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ११ : ३७ बजे

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

ईभी कारमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान