७ करोड २१ लाख बढी ठगी गर्ने एक पक्राउ | Khabarhub Khabarhub

७ करोड २१ लाख बढी ठगी गर्ने एक पक्राउ


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चार जिल्लाका २२ जनाबाट सात करोड २१ लाखभन्दा बढी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले झापा दमक नगरपालिका-७ कृष्‍णमन्दिर बस्ने २९ वर्षीय चन्दन जिन्दललाई बिहीबार साँझ ६ बजे पक्राउ गरेको हो।

उनलाई प्रहरीले मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीका अनुसार उनले झापा, बारा, पर्सा र सर्लाही बस्ने विभिन्न व्यक्तिहरूलाई विभिन्न बहाना बनाइ ठगेर फरार थिए।

आफूलाई मनिष अग्रवाल भनेर चिनाउने जिन्दालले चार जिल्लाका २२ जनालाई ठगिसकेको छ।

उनीहरूबाट ठगी तथा बैंकिङ कारोबारमार्फत् सात करोड ८१ लाख ४२ हजार रुपैयाँ ठगी गरेको महाशाखाले जनाएको छ।

त्यस्तै, उनीविरूद्ध अन्य कैयन् व्यक्ति तथा उद्योगीहरूबाट उजुरी आउने क्रम रहेको छ।

जिन्दलले बारा, पर्साका विभिन्न खाद्यान्न व्यापारीहरूबाट खाद्यान्न उधारोमा लिई काठमाडौंका व्यापारीहरूलाई खरिद मूल्यभन्दा पनि सस्तोमा विक्री गरेको अनुसन्धानबाट खुलेको छ।

उनीविरूद्ध थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  १ : २५ बजे

‘करिब चार लाख ५० हजार अफगानी इरानबाट स्वदेश फिर्ता’

एजेनसी – इरानले आवश्यक कागजात नभएका व्यक्तिहरूलाई जुलाई ६ सम्म

रविका नाममा रास्वपाको हस्ताक्षर अभियानबारे सूर्य थापाले भने- राजनीतिक प्रोपोगाण्डाले अदालतको आदेश फेरिँदैन

काठमाडौं- नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षत्रीले सहकारीको बचत

पूर्वप्रधानमन्त्री हसिनाविरुद्धको हत्या मुद्दा खारेज गर्न माग

ढाका– बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधमा लगाइएको अभियोग खारेज

गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – गृहमन्त्री रमेश लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री इग्नाजिओ डानियल

गर्मीबाट छाला जोगाउन अपनाउनुहोस् यी पाँच घरेलु उपाय

काठमाडौं– गर्मीमा छालाको अधिकतम हेरचाह गर्न आवश्यक छ। कडा घाम