मोरङको केराबारी गाउँपालिका अध्यक्ष कार्कीमाथि कार्यालयमै छुरा प्रहार | Khabarhub Khabarhub

मोरङको केराबारी गाउँपालिका अध्यक्ष कार्कीमाथि कार्यालयमै छुरा प्रहार


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि छुरा प्रहार भएको छ।

शुक्रबार कार्यालयमै पटके कर ठेक्का लिएका स्थानीय भवन मल्ल ठकुरीले खुकुरी प्रहार गरेका हुन् । गम्भीर घाइते कार्कीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएको छ । कार्कीको गर्धन र हातमा चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले घटनामा संलग्न ठकुरीलाई पक्राउ गरिएको जनाएको छ । प्रवक्ता डीएसपी मानबहादुर राईले कार्कीलाइ चिकित्सकको निगरानीमा उपचार सुरु गरिएको र घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।

मोरङ कांग्रेसका सचिव नागेश कोइरालाले कार्कीलाई नोबेल अस्पतालमा उपचार शुरु गरिएको जानकारी दिएका छन् ।

आर्थिक वर्ष २०७६/०७७असार मसान्तसम्म गाउँपालिकाको पटके करको ठेक्का लिएका ठकुरी साउन १ गतेदेखि गाउँपालिका आफैंले कर उठाउन थालेको झोंकमा पालिका कार्यालय पुगेर आक्रमण गरेको कोईरालाले बताए ।

कार्की मोरङ कांग्रेसका प्रवक्ता पनि हुन् । सचिव कार्कीले आक्रमण गर्नेलाई कडा कारबाही हुनुपर्ने मागसहित प्रहरी-प्रशासनको ध्यानाकर्षण गरिएको बताएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ३ : १५ बजे

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने