सौतेनी आमाको कुटपिटबाट छोराको मृत्यु « Khabarhub

सौतेनी आमाको कुटपिटबाट छोराको मृत्यु


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- देवाही गोनाही नगरपालिका–४ दोहर बस्ने गणेश सहनीका छोरा ५ वर्षीय कृष्ण सहनीको कुटपिटबाट मृत्यु भएको छ ।

उनको हत्या गरेको अभियोगमा उनकै सौतेनी आमा २० वर्षीया फुली देवी सहनीलाई प्रहरीले पक्राउ गरेको छ ।

फुली देवीको कुटपिटबाट गम्भीर घाइते भएका कृष्णको सुकदेव चोकस्थित नेपाल तराई सिटी अस्पताल रौतहटमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले फुली देवीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

 

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ६ : २८ बजे

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

इभीमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको