गाई काटेको आरोपमा पक्राउ « Khabarhub

गाई काटेको आरोपमा पक्राउ


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा गाई कोटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिका नगरपालिका–३ दुई सय बिघाका हानुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

स्थानीय सन्तबहादुर तामाङको घरमा गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनामा संलग्न पाँचमध्ये अन्य चार फरार रहेको थापाले बताए ।

सो ठाउँबाट बरामद गरिएको मासु स्थानीय जनप्रतिनिधि, भेटेरेनरी विशेषज्ञलगायतको उपस्थितिमा प्रहरीले मुचुल्का उठाएर खाल्डो खनेर गाडेको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको र फरार रहेकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिलाई पशुपक्षी कसुरसम्बन्धी मुद्दा चलाई कारवाही गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ८ : ३२ बजे

विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ

काठमाडौँ- प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै रु

देशभरका भन्सार जाँचपास ठप्प

काठमाडौँ- भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास

दार्चुलामा भूकम्पको धक्का

काठमाडौँ- दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास

३७ वर्ष पढाएका हेड सरलाई हेलिकप्टर चढाएर बिदाइ

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष

बलात्कार गरेको आरोपमा एमाले नेता पक्राउ

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका मेयर प्रत्यासी एवं नेकपा एमाले नेता शिवशंकार