भीटीएमको अभावले स्वाब सङ्कलन सुस्त « Khabarhub

भीटीएमको अभावले स्वाब सङ्कलन सुस्त


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – पीसीआर परीक्षणका लागि स्वाब राख्ने भाँडो भीटीएम (भाइरस ट्रान्सपोर्ट मिडिया) अभाव हुँदा महोत्तरीमा स्वाब सङ्कलन सुस्त भएको छ ।

शनिबार महोत्तरीको बर्दिवासमा स्वास्थ्य कार्यालय महोत्तरीले सञ्चारकर्मीसँगको साक्षात्कार कार्यक्रममा यस्तो जानकारी दिएको हो ।

‘तत्काल पीसीआर परीक्षण गरिनुपर्ने यहाँ छन्’, कार्यालयका कोभिड–१९ रोकथाम अभियानका स्रोत व्यक्तिसमेत रहेका वरिष्ठ जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले भने, ‘तर, हामीसँग पर्याप्त भीटीएम नहुँदा तत्काल पीसीआर परीक्षण गरिनुपर्ने व्यक्तिको पनि स्वाब सङ्कलन गर्न सकेका छैनौँ ।’ पछिल्ला केही दिनदेखि त स्वाब सङ्कलन रोकिएकै अवस्थामा पुगेको झाको भनाइ छ ।

जिल्लामा गत चैत तेस्रो सातादेखि क्रमशः क्वारेन्टिन केन्द्रहरु सञ्चालनमा आएका थिए । जेठको दोस्रो सातातिर भारतबाट फर्कनेको सङ्ख्या ह्वात्तै बढ्दा असार लाग्दासम्म क्वारेन्टिन केन्द्रमा बस्नेको सङ्ख्या चार हजारसम्म पुगेको थियो । यद्यपि यो सङ्ख्या अहिले घटेर २८८ मा झरेको कार्यालयले जनाएको छ । जिल्लामा ९५ सम्म पुगेका क्वारेन्टिन केन्द्र पनि अहिले ३२ मा झरेको छ ।

केन्द्रमा १४ दिन बसेर थप लक्षण नदेखिएपछि होम क्वारेन्टिनमा जाने बढेपछि र सङ्क्रमण पुष्टि भएर आइसोलेसनमा बिरामी गएपछि केन्द्रमा सङ्ख्या घटेको हो ।

जिल्लामा अहिलेसम्म (शनिबारसम्म) तीन हजार ६०५ जनाको स्वाब परीक्षण गरिएको कार्यालयले जनाएको छ । तीमध्ये ८१० को पोजेटिभ र दुई हजार ६७० को नेगेटिभ नतिजा आएको वरिष्ठ जनस्वास्थ्य निरीक्षक झाले बताए । स्वाब सङ्कलन गरिएकामध्ये १२५ को नतिजा प्राप्त हुन अझै बाँकी छ ।

जिल्लामा अहिले १८१ आइसोलेसन शैय्या छन् । ती शैय्यामा २० पुरुष र चार महिलासहित २४ छन् । होम क्वारेन्टिनमा बस्नेको सङ्ख्या पनि घटेर अहिले ३१७ मा झरेको छ ।

जिल्लामा असार पहिलो सातासम्म होम क्वारेन्टिनमा बस्नेको सङ्ख्या तीन हजार ५०० सम्म पुगेको थियो । जिल्लाका अस्पतालबाट अहिलेसम्म ३१६ सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

सङ्क्रमितमध्ये कतिपय उपचारका क्रममा धनुषाका आइसोलेसन शैय्यामा गएका हुँदा उतैबाट निको भएर घर फर्केको झाको भनाइ छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ७ : २९ बजे

इरानसँगको वार्ताप्रति ट्रम्प असन्तुष्ट, सम्झौता नभए पुनः सैन्य आक्रमण गर्ने चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौताका सर्तप्रति

वैभवको छक्का वर्षा : हैदरावादलाई हराउँदै राजस्थान आईपीएलको दोस्रो क्वालिफायरमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को इलिमिनेटरमा सनराइजर्स हैदरावादलाई ४७

बकर इद मनाइँदै : आज सार्वजनिक बिदा

काठमाडौँ – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – २०८३ साल १३ गते बिहीबार अधिक जेठ शुक्ल