अपहरित अमेरिकी महिलाले अंगरक्षक नलगेको युगाण्डाका अधिकारीको दाबी « Khabarhub

अपहरित अमेरिकी महिलाले अंगरक्षक नलगेको युगाण्डाका अधिकारीको दाबी


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युगाण्डा– युगाण्डाको लोकप्रिय वन्यजन्तु आरक्षबाट अपहरणमा परेकी एक अमेरिकी महिलाले आफ्नो साथमा सशस्त्र अंगरक्षक नलिएको युगाण्डाका अधिकारीले जनाएका छन् ।

गत मंगलबार बेलुकी युगाण्डाको क्विन एलिजावेथ नेशनल पार्कबाट आफ्ना सवारी चालकसहित अपहरणमा परेकी अमेरिकी महिला किम्बरली सु इन्डकटले आफ्नो साथमा सशस्त्र अंगरक्षक नलगेको युगाण्डाको वन्यजन्तुसम्बन्धी निकायका प्रवक्ताले जनाएका छन् ।

उनीहरुसँगै वन्यजन्तु आरक्षमा घुम्न गएका मानिसहरुले उनी र उनका सवारी चालकलाई ४ जनाको सङ्ख्यामा आएका बन्दुकधारीले अपहरण गरेको जनाएका थिए । अपहरणपछि अपहरणकारीले ५ लाख अमेरिकी डलर फिरौती मागेको प्रहरीले जनाएको छ । यद्यपि अपहरणकारीको समूहको पहिचान भने नभइसकेको बताइएको छ ।

युगाण्डाका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा पर्यटकहरुको आकर्षण रहनेगरेपनि त्यहाँ पूर्वी तथा मध्य अफ्रिकामा सक्रिय गैरकानूनी समूहहरुको बाक्लो उपस्थिती रहने गरेको बताइन्छ ।

उनीहरुले पर्यटकलाई अपहरण गरी फिरौती रकम माग्ने गरेका छन् । ती समूहहरुको आक्रमणबाट बच्नका लागि पर्यटकहरुले आफ्नो साथमा सशस्त्र अंगरक्षकलाई पनि साथै लिने गरेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ८ : ३५ बजे

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी

‘विपद्का बेला सरकार आफ्नै कामले सन्तुष्ट छ जस्तो लाग्दैन तर नियतमा खोट छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाह

‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

काठमाडौं– नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा यही भदौ १० गते गएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको