अपहरित अमेरिकी महिलाले अंगरक्षक नलगेको युगाण्डाका अधिकारीको दाबी « Khabarhub

अपहरित अमेरिकी महिलाले अंगरक्षक नलगेको युगाण्डाका अधिकारीको दाबी


२१ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युगाण्डा– युगाण्डाको लोकप्रिय वन्यजन्तु आरक्षबाट अपहरणमा परेकी एक अमेरिकी महिलाले आफ्नो साथमा सशस्त्र अंगरक्षक नलिएको युगाण्डाका अधिकारीले जनाएका छन् ।

गत मंगलबार बेलुकी युगाण्डाको क्विन एलिजावेथ नेशनल पार्कबाट आफ्ना सवारी चालकसहित अपहरणमा परेकी अमेरिकी महिला किम्बरली सु इन्डकटले आफ्नो साथमा सशस्त्र अंगरक्षक नलगेको युगाण्डाको वन्यजन्तुसम्बन्धी निकायका प्रवक्ताले जनाएका छन् ।

उनीहरुसँगै वन्यजन्तु आरक्षमा घुम्न गएका मानिसहरुले उनी र उनका सवारी चालकलाई ४ जनाको सङ्ख्यामा आएका बन्दुकधारीले अपहरण गरेको जनाएका थिए । अपहरणपछि अपहरणकारीले ५ लाख अमेरिकी डलर फिरौती मागेको प्रहरीले जनाएको छ । यद्यपि अपहरणकारीको समूहको पहिचान भने नभइसकेको बताइएको छ ।

युगाण्डाका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा पर्यटकहरुको आकर्षण रहनेगरेपनि त्यहाँ पूर्वी तथा मध्य अफ्रिकामा सक्रिय गैरकानूनी समूहहरुको बाक्लो उपस्थिती रहने गरेको बताइन्छ ।

उनीहरुले पर्यटकलाई अपहरण गरी फिरौती रकम माग्ने गरेका छन् । ती समूहहरुको आक्रमणबाट बच्नका लागि पर्यटकहरुले आफ्नो साथमा सशस्त्र अंगरक्षकलाई पनि साथै लिने गरेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहिबार  ८ : ३५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको