साउनमा व्रत कसरी बस्ने ? के छ वैज्ञानिक फाइदा « Khabarhub

साउनमा व्रत कसरी बस्ने ? के छ वैज्ञानिक फाइदा


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

साउन महिनामा नारीहरुले हरियो चुरा, मेहन्दी लगाउने चलन बढेको छ । यस महिनालाई शिवको महिना पनि भनिन्छ ।

यस महिनाको सोमबारको विशेष महत्व रहने गरेको छ । सोमवार पूजाआजा गर्ने, मठमन्दिर धाउने साथै व्रत बस्ने पनि चलन छ । अझ केहि मानिसहरु साउन महिनाभरी व्रत बस्ने गर्दछन् । तसर्थ यस महिनालाई व्रतको महिना पनि भनिन्छ ।

व्रत बस्ने बिभिन्न विधि र प्रकारहरु छन् । कोहि श्रावणको सोमबार मात्र व्रत बस्दछन् भने कोहि पुरा महिना व्रत बस्दछन् । व्रतका दिन कसैले निराहार बस्दछन् भने कोहि फलफूल वा मकैको भात खाने गर्दछन् । तर जे भएपनि व्रतका दिन अन्य दिन भन्दा शुद्ध र शाकाहारी मात्र खाने गरीन्छ ।

यस्ता छन्, व्रतका फाइदा
१. व्रत बस्दा खराब खानेकुरा अर्थात सडेको, गलेको, बासी, कुहिएको खानेकुरा खाइदैन ।
२. व्रतमा पचाउन गाह्रो हुने माछामासु खाइदैन जसका कारण स्वास्थ्य राम्रो रहन्छ ।
३. व्रत बस्नेले शुद्ध र ताजा खानेकुरा मात्र खाने भएकाले यसले शरीरलाई फाइदा पुर्याउँछ ।
४. व्रत बस्दा पाचनतन्त्रमा विश्राम पुग्नुको साथै अपच भएको पनि सफा हुन्छ ।
५. व्रतका क्रममा मानिस ध्यानमग्न हुने भएकाले मनस्थिीतिमा एकाग्रता आउँछ ।

अतः शरीरको विकार हटाउन र उर्जावान् बन्न पनि व्रतले फाइदा पुर्याउँछ । भगवानको आराधनामा ध्यान रहदाँ मानिसको विचलित मनमा शान्ती प्राप्त हुन्छ । व्रतले भगवान खुसी हुने मात्र होइन शरीर स्वस्थ्य, मन शुद्ध र सकारात्मक हुने गर्दछ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १० : ४९ बजे

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति