नेकपाको विवाद समाधानार्थ अध्यक्षद्वयबीच छलफल | Khabarhub Khabarhub

नेकपाको विवाद समाधानार्थ अध्यक्षद्वयबीच छलफल


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा आज पनि छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा पार्टीभित्रको पछिल्ला घटनाक्रम तथा समसामयिक विषयमा कुराकानी भए पनि कुनै निष्कर्ष भने निस्कन सकेको छैन ।

छलफललाई निरन्तर अगाडि बढाउने विषयमा दुई अध्यक्षबीच सहमति भएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

शनिबार बसेको सचिवालयको बैठकमा पार्टीमा देखिएको आन्तरिक सङ्कटलाई सहमतिको आधारमा टुङ्ग्याउन थप छलफल गर्ने निर्णय गरेको थियो ।

बैठकमा अहिलेको राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने गरी पार्टीको आन्तरिक सङ्कटलाई सहमतिका आधारमा सम्बोधन र समाधान गर्नेबारेमा छलफल भएको थियो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालबीच छलफल भए पनि आजका लागि तय भएको स्थायी कमिटीको बैठक भने यही साउन ६ गतेसम्मका लागि स्थगित भएको छ ।

यस्तै अध्यक्ष दाहालले आजै पार्टीभित्र देखिएको समस्या समाधानका लागि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतसँग पनि छलफल गरेका थिए ।

यस्तै महासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासँग पनि अध्यक्ष दाहालले कुराकानी गरेका थिए ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ९ : ०९ बजे

तुइनबाट महाकालीमा खसेर एकजना बेपत्ता

खलङ्गा– तुइनबाट महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन् ।

मलेशियामा इस्लामिक स्टेटको प्रचार गर्ने र पैसा उठाउने सञ्जाल ध्वस्त, ३६ बंगलादेशी पक्राउ

काठमाडौं– मलेशियाका सुरक्षा निकायले बंगलादेशी आप्रवासीलाई लक्षित गरी आतंककारी संगठन

‘जनै हराएको मान्छे’ टिजर : ‘मेरो सपना पूरा नहुने बेलासम्म बालाई बूढो नहुनु भन्दे है’

काठमाडौं – ‘पूर्णबहादुरको सारङ्गी’पछि नायक विजय बराल लिड भूमिकामा रहेको

साउनबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुल्ने

काठमाडौं– धरहरा अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन

व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा मुख्यमन्त्री आचार्यको जोड

नेपालगन्ज– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक रूपान्तरणका लागि सकारात्मक