नेकपाको राजनीतिमा राष्ट्रपतिको सक्रियता लोकतन्त्रका लागि दुःखद : कांग्रेस नेता कोइराला | Khabarhub Khabarhub

नेकपाको राजनीतिमा राष्ट्रपतिको सक्रियता लोकतन्त्रका लागि दुःखद : कांग्रेस नेता कोइराला


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता देश र लोकतन्त्रका लागि नै दुःखद् भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पदको जिम्मेवारी, संविधानको  मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्न नसकेको टिप्पणी गरेका छन् ।

‘राष्ट्रपति सामान्य र राजनीतिक व्यक्ति होइन। साझा,सम्मानित र सर्वोच्च निकाय हो। राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्छ,’ कोइरालाले ट्वीटमा लेखेका छन्, ‘पछिल्ला दिनमा नेकपा भित्रको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रको लागी अत्यन्तै दुःखद हो।’

नेकपाभित्र शक्ति संघर्ष चुलिरहँदा राष्ट्रपति विद्यादेवी भण्डारीले शीर्ष नेताहरूसँगको भेटवार्ता बढाएकी छन् । उनले पछिल्लो पटक नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संयुक्त छलफल गरेकी थिइन् ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ८ : ५२ बजे

चन्द्रागिरीको सतुङ्गलस्थित कपडा पसलमा आगलागी

काठमाडौं– काठमाडौंको चन्द्रागिरी नगरपालिका– ११ सतुङ्गल चोकस्थित कपडा पसलमा बिहीबार

विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै 

काठमाडौं– परिवारसँग सम्बन्धित विषयका बारेमा जागरुकता बढाउन र परिवारहरूलाई असर

दिल्लीका ओपनर म्याकले आईपीएलका बाँकी खेल नखेल्ने : रहमानलाई अवसर

काठमाडौं – अस्ट्रेलियाका ब्याटर ज्याक फ्रेजर म्याक गुरुकले आईपीएलका बाँकी