न्यायालयदेखि कार्यालयसम्मै बिचौलियालाई मस्ती, सेवाग्राहीलाई सास्ती | Khabarhub Khabarhub

न्यायालयदेखि कार्यालयसम्मै बिचौलियालाई मस्ती, सेवाग्राहीलाई सास्ती


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको राजधानी दैनिकले यातायात व्यवस्था कार्यालयमा हुने गरेको अनियमितता तथा बेथितिको समाचारकालाई ‘सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्ती’ मुख्य समाचारका रुपमा छापेको छ ।

कार्यालय समय शुरु हुनुअगावै सेवाग्राहीको भीडले यातायात व्यवस्था कायाृलय चावहिल र स्वयम्भूस्थित सानो भ¥याङमा बाक्ले चहलपहल हुने गर्छ । सेवाग्राहीहरु काम फत्ते गर्न सरकारी कर्मचारीको भन्दा बिचौलियाको सम्पर्कमा जाने गरेको समाचारमा उल्लेख गरिएको छ ।

सित्तैमा अनलाइन फार भर्न ३ सय तिर्न बाध्य हुने गरेको पाइन्छ । यहाँको बेथिति रोक्न सम्भव रहेको बिज्ञहरुले बताइरहँदा सम्बन्धित निकायले भने बेवास्ता गरेको जनाइन्छ ।

त्यस्तै राजधानी दैनिकले गल्लीपिच्छे ‘कोचिङ सेन्टर, ब्रिजकोर्सको नाममा चर्को शुल्क शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापिएको छ । संघीय राजधानीदेखि प्रदेश मुकाम र जिल्ला मुकामहरुमा गल्लीपच्छिे खुलेका कोचिङ सेन्टरहरुले चर्को शुल्क लिएर विद्यार्थीलाई गडी गरेको पाइएको छ । यसमा माफियाहरुको हवाी हुने गरेको, नियमन फितलो भएको समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै गरी रोकिएन सुन तस्करी, ६ किलो सुनसहित ४ भारतीय नागरिक त्रिभुवन विमानस्थलमा पक्राउ परेको समाचारलाई पनि पत्रिकाले पहिलो पृष्ठमा छापेको छ ।

न्यायाधीश नै बिचौलिया पीडित बनेका छन् । जिल्ला र उच्च अदालतका न्यायाधीशहरुले आफूहरु कानून व्यवसायी र बिचौलिबाट पीडित हुनुपरेको गुनासो गरिरहेको समाचारमा जनाइएको छ । न्यायाधीशहरुको नाममा हुने बिचौलियाले न्यायापािलकाप्रति जनआस्था बढाउनुभन्दा बदनाम मात्रे गराएको उनीहरुले बताएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ६ : १७ बजे

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते

मदन भण्डारी विचारधारा विद्यार्थी जेनजीले फोरम गठन

काठमाडौँ- जनताको बहुदलीय जनवाद (जबज)लाई लोकतान्त्रिक विचारधारा मान्ने जेनजीहरूले ‘मदन

सुर्खेत प्रहरी हिरासतमा युवकको मृत्यु प्रकरण छानबिन गर्न बनाइयो समिति

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवकको मृत्यु

किसान श्रेष्ठले मतदाता नामावली बारा नै सारे

काठमाडौँ– हालै एमाले प्रवेश गर्ने घोषणा गरेका पूर्वमन्त्री किसान श्रेष्ठले

मध्यपश्चिम विश्वविद्यालयमा ल्याब सामग्री खरिदका लागि सामाजिक विकास मन्त्रालयसँग सम्झौता

सुर्खेत- ल्याब सामाग्री खरिदका लागि मध्यपश्चिम विश्वविद्यालय र कर्णाली प्रदेश