कोरोनाका कारण टी–२० विश्वकप पनि सर्‍यो « Khabarhub

कोरोनाका कारण टी–२० विश्वकप पनि सर्‍यो


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियामा हुने तय भएको आईसीसी टी–२० विश्वकप क्रिकेट एक वर्ष पछि सरेको छ ।

सोमबार बसेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को कार्यकारी समितिले नोबेल कोरोना भाइरस (कोभिड १९) महामारीका कारण विश्वकप क्रिकेट सार्ने निर्णय गरेको हो ।

आईसीसीले जारी गरेको विज्ञप्ति अनुसार अब आईसीसी विश्वकप २०२१ को अक्टोबरमा हुनेछ ।

अक्टोबरमा शुरु हुने प्रतियोगिताको फाइनल नोभेम्बर १४ मा हुने आइसीसीले जनाएको छ । यही वर्षको अक्टोबरमा प्रतियोगिता हुने तय थियो ।

यस्तै, २०२३ मा भारतमा हुने एकदिवसीय क्रिकेट विश्वकप पनि केही महिना पछि धकेलिएको छ ।

२०२३ को फ्रेब्रुअरीमा मार्चसम्म हुने तय भएको विश्वकप अक्टोबर नोभेम्बरका लागि सारिएको छ । कोरोना महामारीलाई ध्यानमा राख्दै विश्वकप सारिएको आईसीसीले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ८ : २७ बजे

स्वास्थ्य बीमा सेवा कटौती गर्ने बोर्डको निर्णय

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्थामार्फत प्रदान हुँदै

हिमाली वातावरणको संरक्षण आजको आवश्यकता हो : राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण

प्रतिनिधि सभाको बैठकमा चलचित्र विधेयक पेश गर्दै सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले बुधबारको प्रतिनिधि

जलजलामा हिमाल र बादलको लुकामारी

म्याग्दी – पहाडको उच्च स्थानमा फैलिएको समथर घाँसेमैदान, हरियाली पहाडको

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको