राखेप सदस्य सचिवका दाबेदार सिलवालविरुद्ध मन्त्रीसमक्ष उजुरी « Khabarhub

राखेप सदस्य सचिवका दाबेदार सिलवालविरुद्ध मन्त्रीसमक्ष उजुरी


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निवर्तमान सदस्य सचिव तथा अहिले सदस्य सचिवका मुख्य दाबेदारका रुपमा रहेका रमेशकुमार सिलवालविरुद्ध उजुरी परेको छ ।

उनीविरुद्ध युवा तथा खेलकुद मन्त्रालयमा उजुरी परेको हो ।

नेपाल उशु संघका उपाध्यक्ष तथा खेलकुद महासंघका उपाध्यक्ष रहेका जनक बढ्तौलाले सिलवालले काठमाडौं, पोखरा र जनकपुरमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा अनियमितता गरेको भन्दै मन्त्रीको कार्यालयमा उजुरी दिएका हुन् ।

उनले उजुरीमा लेखेका छन्, ‘साग आयोजना गर्दा भ्रष्टाचार गरेको आरोप लाग्दै अख्तियारमा उजुरी परेको व्यक्ति राखेपमा आउनु हुँदैन ।

खेलकुद जस्तो पवित्र संस्थामा यस्तो व्यक्ति पुन: आउँदा खेलाडी, खेल संस्था कसैलाइ पनि राम्रो नहुने र भ्रष्टाचार अझ मौलाउने भएकाले सिलवाल आउनु हुँदैन ।’

राखेप सदस्य सचिवका लागि ३ जना महिलासहित २७ जनाले आवेदन दिएका छन् । जसमा नेकपाका केन्द्रीय सदस्य लिलबहादुर थापा मगर, महासंघका केन्द्रीय सदस्य मेघराज पौडेलदेखि निवर्तमान सदस्य सचिव सिलवालले आवेदन दिएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  १२ : ४४ बजे

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,