धादिङमा पहिरो : ४ जनाको मृत्यु, ८ घर पुरियो | Khabarhub Khabarhub

धादिङमा पहिरो : ४ जनाको मृत्यु, ८ घर पुरियो

पृथ्वी राजमार्ग अवरुद्ध


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अविरल वर्षापछिको पहिरोमा पुरिएर धादिङमा ४ जनाले ज्यान गुमाएका छन् । केही परिवार विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षण (डीएसपी) रुपक खड्काका अनुसार हिजो र आज पहिरोमा पुरिएर ४ जनाको ज्यान गएको छ ।

पहिरोमा पुरिएर मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ का २५ वर्षका मिलन खाँड, उनकी पत्नी २२ वर्षकी सम्झाना खाँड र उनीहरूका २ वर्षकी छोरी अञ्जिता खाँडको मृत्यु भएको छ ।

घरमाथिबाट आएको पहिरोमा घरभित्रै पुरिएर उनीहरूको मृत्युभएको डीएसपी खड्काले खबरहबलाई बताए । उनीहरूको घर पुरिएको खबर पाएपछि प्रहरीको टोलीले आज बिहान उनीहरूको शवनिकालेको थियो ।

यस्तै हिजो गजुरी गाउँपालिका–२ मजुवाडाँडामा गएको पहिरोमा पुरिएर १७ वर्षकी युवती निरुता परियारको पनि मृत्युभएको थियो ।

डीएसपी खड्काका अनुसार पहिरोमा परी गजुरी गाउँपालिका २ का २८ वर्षका जिपेन चौधरी र बेनीघाट रोराङ गाउँपालिका–८ भुसाटारकी ५ वर्षकी बालिका संगीता चेपाङ घाइते भएका छन् ।

घाइते भएका चौधरीको स्थानीय अस्पतालमा उपचार गरिएको र चेपाङलाई भने थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

पहिरोका कारण धादिङमा ८ घर पुरिएको डीएसपी खड्काको भनाइ छ । उनका अनुसार २० जना विस्थापित भएका छन् । पहिरोमा पुरी घरबिहीन भएका उनीहरूलाई गजुरी गाउँपालिकाको भद्रकाली सामुदायिक भवनमा राखिएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिकाको पहिरो ।

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

पहिरो कै कारण धादिङ जिल्लामा पर्ने पृथ्वी राजमार्ग क्षेत्रका विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको छ ।

डीएसपी खड्काका अनुसार बेनीघाट रोराङ गउँपालिका वडा नम्बर १० मा रहेको धादिङ र चितवनको सीमाना जोड्ने मौवाखोला पुल भत्किएको छ ।

यस्तै राजमार्ग क्षेत्रका गजुरी गाउँपालिकाको फुर्के खोलालगायत विभिन्न स्थानमा पनि पहिरो गएको छ ।

पानी परिरहेकोले पहिरो झर्ने क्रम पनि हटेको छैन । यद्यपी सडकबाट पहिरो पन्छाउने काम जारी रहेको डीएसपी खड्काले बताए ।

‘पहिलोका कारण मौवाखोला, फुर्केखोला, फुर्केखोला नजिकै र विभिन्न ठाउँमा पहिरो गएको थियो,’ डीएसपी खड्काले भने, ‘अहिले हामीले अन्य क्षेत्रको पहिरो हटाइसकेका छौं । तर मौवाखोला र बादरेभिरको पहिरो भने हटाइएको छैन । मौवाखोलामा पुल नै भाँस्सिएकाले त्यहा बैकल्पिक संरचना निर्माण नगरी सम्भव छैन । पानी परिरहेकाले विभिन्न ठाउँमा पहिरो जाने क्रम पनि जारी छ ।’

मौवाखोलामा पुल नै भाँस्सिएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएपछि अहिले प्रमुख जिल्ला अधिकारीसहित प्रहरीको टोली सो स्थानमा गएको डीएसपी खड्काले बताए ।

पहिरोले पुल नै भाँस्सिएपछि वैकल्पिक संरचना निर्माण गरी राजमार्ग खुलाउने विषयमा छलफल भइरहेको उनले बताए । वर्षा जारी रहेकाले बाढी र पहिरोबाट बच्न सबैजना सचेत रहन डीएसपी खड्काले आग्रह समेत गरेका छन् ।

‘अत्यावश्यक काम नगरी घर जानु हुँदैन आफु सुरक्षित स्थानमा बस्नुपर्छ, आफ्नो घर तथा वरपरको क्षेत्रमा पहिरोको जोखिम छ वा छैन भनेर दिउँसो नै अवलोकन गरेर पानीको बहाव आउने, घर वरपर चर्किएको वा बाढी पहिरो आउन सक्ने क्षेत्र छ भने पहिला नै आफु र आफ्नो परिवार सुरक्षित स्थानमा बस्नुपर्छ,’ उनले भने ।

डिएसपी खड्काले भने, ‘जोखिममा हुनुहुन्छ भने कि छिमेकीको शरण लिनुपर्छ वा प्रहरीलाई खबर गर्न सक्नुहुन्छ, हामीले सुरक्षित स्थानमा लाने प्रयास गर्नेछौं । सबै ठाउँमा प्रहरी उपलब्ध नहुन सक्ने भएकाले समयमै आफैँले आफ्नो क्षेत्रको भौगोलिक अवस्थाबारे आँकलन गरेर सुरक्षित हुने तर्फ लाग्न आग्रह गर्दछु।’

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ३ : २५ बजे

इलाम–२ को अपडेट : फराकिलो अग्रतामा सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप– रामेछापका विभिन्न सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई

जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न

दोलखा– जिल्लाको जिरी नगरपालिकाले चालु वर्ष वितरण गरेका सत् प्रतिशत

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि