१५ अंकले घट्यो नेप्से « Khabarhub

१५ अंकले घट्यो नेप्से


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै १५ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १४.९९ ले घटेर एक हजार ४४९.९४ अंकमा रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक २.५६ अंकले घटेर ३०७.०५ मा पुगेको छ ।

आज कुल १८५ कम्पनीको ४९ लाख ७६ हजार ४८८ कित्ता शेयर रु एक अर्ब ८७ करोड २२ लाख २० हजार ४४७ मा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ मध्ये चार उपसमूहको शेयर बढेको छ भने आठ उपसमूहको शेयर घटेको छ ।

बैंकिङ २०.७५, विकास बैंक १३.०३, जलविद्युत् २१.४५, वित्त ६.२, निर्जीवन बीमा ३१.१८, अन्य ३.८, लघुवित्त ७.०२ र जीवन बीमा १०९.१२ अंकले घट्दा व्यापार २१.८४, होटल ८२.४५, उत्पादन ७४.६४ र सामूहिक लगानी कोषको शेयर ०.०६ अंकले बढेको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन डिष्टिलरी लिमिटेड शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु १४ करोड २४ लाख ८४ हजार २९९ मा खरिदबिक्री भयो । यस्तै एनएमबी बैंक रु १३ करोड ९७ लाख ५२ हजार ८३९, नेपाल पुनर्बीमा कम्पनी रु १२ करोड ४२ लाख ९१ हजार ८३२, एनआइसी एसिया बैंक रु ११ करोड ४४ लाख २५ हजार ६१५ र नेपाल लाइफ इन्स्योरेन्सक कम्पनीको शेयर रु १० करोड २६ लाख ४० हजार ९६६ मा खरिदबिक्री भयो ।

नेप्से घटेपनि आज सबैभन्दा बढी एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी ९.८८ प्रतिशतले कमाए । यस्तै श्रीराम सुगर मिल्स ९.७८, समृद्धि फाइनान्स कम्पनी ९.२८, सोल्टी होटल ६.७६, युनिलिभर नेपाल ६.२५ र नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले ५.४७ प्रतिशतले कमाए ।

हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.८० प्रतिशले गुमाउदा गुराँस लघुवित्त वित्तीय संस्था ९, स्पर्स लघुवित्त वित्तीय संस्था ७.५४, घोडीघोडा लघुवित्त वित्तीय संस्था ७.३१, खानीखोला हाइड्रोपावर ६.८० र विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६.३४ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ५ : ४४ बजे

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी

बालेनलाई बधाई दिँदै इरानी राष्ट्रपतिले भने- नेपालसँग सहकार्य विस्तार गर्न तयार छौँ

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई

शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले महिला सहभागितामा हालसम्मकै ऐतिहासिक