आइपीएल यूएईमा हुने निश्चित « Khabarhub

आइपीएल यूएईमा हुने निश्चित


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट यूएईमा हुने निश्चित भएको छ ।

आईपीएल गर्भर्निङ काउन्सिलका अध्यक्ष बृजेश पटेलले १३औं संस्करणको आईपीएल यूएईमा हुने निश्चित भएको जनाएका हुन् ।

पटेललाई उद्धृत गर्दै न्युज एजेन्सी पीटीआईले जनाए अनुसार भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आईपीएल युएईमा गर्ने निर्णय गरिसकेको छ ।

पटेलले केहि दिनमा अन्तिम निर्णय र खेल तालिका सार्वजनिक हुने समेत बताए । उनले आईपीएल बन्द रंगशालामा आयोजना हुनेसमेत बताए ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यस वर्ष अष्ट्रेलियामा आयोजना हुने टी-ट्वान्टी विश्वकप एक वर्ष सारेपछि आईपीएल गराउन लागिएको हो ।

यसअघि सन् २०१४ को सिजन पनि यूएईमा आयोजना गरिएको थियो ।  यस संस्करणको आईपीएल सेप्टेम्बर देखि नोभेम्बरसम्म हुने बताईएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ६ : ३४ बजे

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा