‘स्त्री’ को सिक्वेलमा राजकुमार रावको ठाउँमा वरुण ! « Khabarhub

‘स्त्री’ को सिक्वेलमा राजकुमार रावको ठाउँमा वरुण !


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अघिल्लो वर्ष रिलिज भएको राजकुमार राव र श्रद्धा कपूरको फिल्म ‘स्त्री’ ले बक्स अफिसमा राम्रो कमाइ गर्‍यो । हरर कमेडी फिल्मले सोचेभन्दा धेरै राम्रो व्यापार गरेको थियो । फिल्ममा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी लगायतले अभिनय गरेका थिए ।

यतिबेला सोही फिल्मको सिक्वेलको चर्चा छ ।

खबरका अनुसार सिक्वेलमा राजकुमार रावका सट्टामा वरुण धवन देखिनेछन् । मेकर्सले फिल्ममा वरुण धवनलाई राजकुमार रावको भूमिका दिने भएका छन् ।

यता वरुण पनि पछिल्लो समय हरेक फिल्ममा आफूलाई फरक रुपमा प्रस्तुत गर्न चाहन्छन्, ताकि फ्यानलाई उनको काम नयाँ लागोस् ।

भारतीय मिडियाका अनुसार वरुणले यही फिल्मका लागि निर्मातासँग भेटघाट पनि गरिसकेका छन् । तर, मेकर्सले वरुण या राजकुमार रावमध्ये कसलाई लिने भन्ने फाइनल गर्न भने सकेका छैनन् ।

वरुण धवनले बदलापुर, हम्प्टी शर्माकी दुल्हनिया, अक्टोबर र सुई धागाजस्ता फिल्ममा आफूलाई फरक रुपमा प्रस्तुत गरिसकेका छन् । छिट्टै उनलाई फिल्म ‘कलंक’ मा फ्यानले देख्न पाउनेछन् ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ११ : ४४ बजे

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी