कोरोना भाइरस : विश्वभर १ करोड ५९ लाख संक्रमित, ६० प्रतिशत बढी निको | Khabarhub Khabarhub

कोरोना भाइरस : विश्वभर १ करोड ५९ लाख संक्रमित, ६० प्रतिशत बढी निको


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर १ करोड ५९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिए पनि ६० प्रतिशत बढी निको भएका छन् ।

यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ८८ हजार २५४ जनामा संक्रमण देखिए छ । योसँगै शनिबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५९ लाख ३० हजार ६७१ पुगेको छ ।

यसमध्ये ६०.९८ प्रतिशत संक्रमित उपचारपछि निको भएको वर्ल्डोमिटर्सले जनाएको छ । अर्थात यो समाचार तयार पार्दासम्म निको हुने संक्रमितको संख्या ९७ लाख १५ हजार ९८३ छ ।

पछिल्लो २४ घण्टामा ६ हजार १८२ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ४१ हजार ८६८ पुगेको छ । मृतक संख्या कुल संक्रमितको ४ दशमलव ०२९ प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ९५४ जनाको मृत्यु भएको छ । २७ लाख ५२ हजार ३६२ जना संक्रमित भएकोमा १६ लाख ५१ हजार १७३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा २ लाख ५ हजार १५४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४९ लाख ७२ हजार ८४४ पुगेको छ । त्यसमध्ये २४ लाख ७९ हजार ७५४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ८७ हजार ३५४ जनाको मृत्यु भएको छ । ३७ लाख ५० हजार ५३४ जना संक्रमित भएकोमा २६ लाख ९१ हजार ५५३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ३१ हजार ८४ जनाको मृत्यु भएको छ । ३६ लाख २४ हजार ७५१ जना संक्रमित भएकोमा २४ लाख १७ हजार ९६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १७ हजार १४६ जनाको ज्यान गएको छ भने ८ लाख १४ हजार १६५ संक्रमित छन् । संक्रमितमध्ये ४ लाख ६५ हजार ३५७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १६१ जनाको मृत्यु भएको छ । १५ हजार २९४ जना संक्रमित भएकोमा १० हजार ३९९ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ७ : २० बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा