नयाँ नक्सामा प्रचण्डले जस लिन खोजेकोमा पोखरेलको आपत्ति « Khabarhub

नयाँ नक्सामा प्रचण्डले जस लिन खोजेकोमा पोखरेलको आपत्ति


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा प्रकाशनमा कसले जस लिने भन्ने होडबाजीकाबीच शीर्ष नेताहरूबीच नै आरोप प्रत्यारोप चर्केको छ।

नयाँ नक्सा प्रकाशनको जस लिने विषयमा होडबाजी चलेपछि नेताहरुबीच आरोप प्रत्यारोप चलेको हो।

शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ नक्सा प्रकाशनको विषय पार्टीको भएको तर, अहिले प्रधानमन्त्री ओलीले मात्रै जस लिन खोजेकोमा आपत्ति जनाएकामा स्थायी कमिटी सदस्य शंकर पोखरेलले आपत्ति जनाएका छन् ।

प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका पोखरेलले आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नपाउनेले अहिले आफूले नक्सा प्रकाशन गरेको हो भन्न नमिल्ने भन्दै फेसबुकमा कटाक्ष गरेका छन् ।

पोखरेलले फेसबुकमा लेखेका छन् ‘कालापानी क्षेत्रको सीमा विवाद पुरानै हो। आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा था नपाउनेले अहिले उहाँले होइन मैले हो भन्न कसरी सकेको ?’

यसअघि नेकपाका उपाध्यक्ष बामदेव गौतमले पनि सचिवायल बैठकमा नयाँ नक्सा प्रकाशनको निर्णय आफ्नो दबाबमा आएको बताएका थिए ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ९ : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै