प्रदेश २ मा एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु « Khabarhub

प्रदेश २ मा एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नम्बर- २ मा एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार धनुषा र वीरगञ्जमा गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले धनुषामा एकजना कोरोना संक्रमितको मृत्युभएको खबरहबलाई बताए ।

धनुषामा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको हो ।

प्रजिअ निरौलाका अनुसार मृत्यु भएका कोरोना संक्रमित धनुषाको शहीदनगर नगरपालिका–८ डुमरीयाका ३८ वर्षका पुरुष हुन् ।

उनी त्यहाँका स्थानीय व्यापारी हुन् । ती पुरुषमा पहिलादेखि नै दम र मुटुसम्बन्धि समस्या थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनको हिजो प्रादेशिक अस्पताल जनकपुरको आइसीयूमा राखेर उपचार गरिएको थियो ।

स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो ।

उनको प्रादेशिक अस्पताल जनकपुरबाट धरान लैजाँदै गर्दा बाटोमै मृत्युभएको प्रजिअ निरौलाले बताए ।

प्रजिअ निरौलाका अनुसार ती पुरुषको कोरोना परीक्षणको रिपोर्ट आज साँझ पोजेटिभ आएको हो ।

“उहाँ स्वास्थ्य समस्या भएर हिजो आईसीयूमा भर्ना हुनुभएको थियो, स्वास्थ्य अवस्था जटिल भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा उहाँको बाटोमै मृत्युभयो,” प्रजिअ निरौलाले खबरहबसँग भने, “अहिले बेलुका ७ बजे उहाँको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ आयो ।”

प्रजिअ निरौलाका अनुसार ती पुरुषको शव अहिले प्रादेशिक अस्पताल जनकपुरमा नै राखिएको छ । उनको शव सोमबार नेपाली सेनाले अन्त्येष्टि गर्ने प्रजिअ निरौलाले जानकारी दिए ।

यसअघी आजै वीरगंजको नारायणी कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एकजना भारतीय नागरिकमा कोरोना पुष्टि भएको थियो ।

यो पनि पढौं

वीरगञ्जमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  १० : १७ बजे

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित