सडकमा बत्ती जोडिएपछि चोरीका घटनामा कमी « Khabarhub

सडकमा बत्ती जोडिएपछि चोरीका घटनामा कमी


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– स्वचालित सडकबत्ती जडानकार्य गरिएपछि कञ्चपनुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा चोरीका घटनामा कमी आएको छ । बजार क्षेत्रमा पर्याप्त सडकबत्तीको व्यवस्था भएपछि उज्यालो हँुदा चोरीका घटनामा कमी आएको हो ।

“बजार क्षेत्रमा पर्याप्त सडकबत्तीको व्यवस्था नहुँदा चोरीका घटना नियन्त्रण गर्न विगतमा निकै चुनौती थियो”, इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भने, “अँध्यारो हँुदा चोरी गर्नेले व्यवसायीका पसल फोडेर समान लैजाने गरेका थिए, प्रहरी सक्रियता भए पनि चोरीका घटना नियन्त्रण गर्न गाह्रो थियो ।”

उनका अनुसार बत्ती जडान गरिएपछिको ६ महिनाको अवधिमा एउटा मात्रै चोरीको घटना भएको छ । चोक–चोक र बजार क्षेत्रमा बत्तीको व्यवस्थाले स्थानीय बासिन्दालाई हिँडडुल गर्नमा समेत निकै सहज भएको छ ।

“बजार क्षेत्रमा रातिका बेला अँध्यारो हँुदा टर्चलाइट र मोबाइलको सहायताले हिँडडुल गर्नका लागि जानुपर्ने बाध्यता थियो”, स्थानीयवासी जयबहादुर ऐरले भने, “बत्तीको व्यवस्थाले बजार क्षेत्रमा सहजरूपमा निर्धक्कसँग हिँडन पाइएको छ ।”

झलमल्ल बल्ने बत्तीले बजारको सौन्दर्यता बढाउनुका साथै सवारीसाधन दुर्घटनाका घटना न्यूनीकरणमा समेत टेवा पुगेको छ । वडा नम्बर १० को ५ लाख ५० हजारको लागतमा बजार क्षेत्रमा १०० बत्ती जडान गरिएका छन् ।

बजार क्षेत्रका मुख्य चोकमा जडान गरिएका एलइडी बल्बहरुमा सेन्सर जडान गरिएका कारण बत्ती अँध्यारो हँुदा स्वचालितरूपमा जल्ने र उज्यालो हँुदा आफैँ बन्द हुने गरेका छन् । यस प्रकारका बत्ती कञ्चनपुरमै पहिलोपटक जडान गरिएको वडाध्यक्ष लालबहादुर ऐरको दाबी छ ।

सेन्सरसहितका बत्ती जडानका लागि वडा कार्यालयले नेपाल विद्युत् प्राधिकरण कार्यालयसँग सम्झौतासमेत गरेको छ । ३० हजार रुपैयाँ धरौटी रकम राखेर मासिकरूपमा ४ हजार सडकबत्तीको महसुलवापत तिर्ने सम्झौता गरिएको छ । झलारी बजार नजिकैका बञ्जरिया, टोटी, प्रगतिटोललगायतका क्षेत्रमा समेत स्वचालित बत्ती जडान गरिएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ५ : १२ बजे

ओली-लेखक पक्राउबारे रवि : यो प्रतिशोध होइन, शहीदकी आमाले न्याय पाउनु पर्छ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका

दलित समुदायसँग रविले मागे माफी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलित समुदायसँग सार्वजनिक

पक्राउ परे व्यवसायी दीपक भट्ट

काठमाडौं- प्रहरीले व्यवसायी दीपक भट्टलाई बिहीबार दिउँसो पक्राउ गरेको छ।

रविले भने : कसैमाथि प्रतिशोध हुने छैन, प्रश्न गर्दैमा माइक काटिने छैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफूहरूलाई सिंहदरबारमा

राष्ट्रिय सभाको २०औँ अधिवेशन सुरू

काठमाडौं– सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको २०औँ अधिवेशन सुरु भएको छ ।