पाकिस्तानमा सशस्त्र झडप : पाँच प्रहरीसहित सात मारिए  « Khabarhub

पाकिस्तानमा सशस्त्र झडप : पाँच प्रहरीसहित सात मारिए 


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान- पाकिस्तानको उत्तरी क्षेत्र गिलगित बाल्टिस्तानमा भएको सशस्त्र झडपमा पाँच प्रहरीसहित सात जना मारिएका छन् ।

मंगलबार दिमर जिल्लाको रोनाई क्षेत्रमा प्रहरीले सूचनाका आधारमा आपराधिक समूहका केही व्यक्तिको खोजी गर्ने क्रममा प्रहरीमाथि आक्रमण गरिएको पाकिस्तानी अधिकारीले बताएका छन् ।

घटनामा अन्य सुरक्षाकर्मी पनि घाइते भएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । घटनास्थलमा तत्कालै प्रहरीको अर्को टोली खटाई मृतक सुरक्षाकर्मी र अन्य दुई सर्वसाधारण शवलाई अस्पताल पुर्‍याइएको थियो ।

उक्त क्षेत्रलाई घेरा हाली प्रहरीले आक्रमणकारी समूहको खोजी गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ८ : ०७ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको

सङ्घीयता कार्यान्वयन : २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै

जनकपुरधाम – मधेस प्रदेश सरकारले प्रदेशका रु २५ करोडसम्म स्थिर