पाकिस्तानमा सशस्त्र झडप : पाँच प्रहरीसहित सात मारिए  | Khabarhub Khabarhub

पाकिस्तानमा सशस्त्र झडप : पाँच प्रहरीसहित सात मारिए 


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान- पाकिस्तानको उत्तरी क्षेत्र गिलगित बाल्टिस्तानमा भएको सशस्त्र झडपमा पाँच प्रहरीसहित सात जना मारिएका छन् ।

मंगलबार दिमर जिल्लाको रोनाई क्षेत्रमा प्रहरीले सूचनाका आधारमा आपराधिक समूहका केही व्यक्तिको खोजी गर्ने क्रममा प्रहरीमाथि आक्रमण गरिएको पाकिस्तानी अधिकारीले बताएका छन् ।

घटनामा अन्य सुरक्षाकर्मी पनि घाइते भएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । घटनास्थलमा तत्कालै प्रहरीको अर्को टोली खटाई मृतक सुरक्षाकर्मी र अन्य दुई सर्वसाधारण शवलाई अस्पताल पुर्‍याइएको थियो ।

उक्त क्षेत्रलाई घेरा हाली प्रहरीले आक्रमणकारी समूहको खोजी गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ८ : ०७ बजे

इरानद्वारा कतारस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण

काठमाडौं – इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि हमला सुरू गरेको

शिक्षकसँग भएका सम्झौतालाई समावेश गरेर मात्र शिक्षा ऐन आउँछः मन्त्री पन्त

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विभिन्न सरकारका

मन्त्रिपरिषद् बैठक : सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने निर्णय

काठमाडौं – सरकारले सशस्त्र प्रहरी बलका दुई नायब महानिरीक्षक (डीआईजी)को

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति

काठमाडौं – क्षेत्रगत कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लचिलो नीति

भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं – सरकारले भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति