रातिदेखि ठाउँठाउँमा ‘अति भारी’ वर्षा, बाढीपहिरो र डुबानबाट जोगिन आह्वान « Khabarhub

रातिदेखि ठाउँठाउँमा ‘अति भारी’ वर्षा, बाढीपहिरो र डुबानबाट जोगिन आह्वान


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मंगलबार रातिदेखि देशका विभिन्न ठाउँमा अति भारी वर्षा भएको छ ।

न्यून चापीय रेखा नजिक भएसँगै नेपालमा वर्षाको मात्रा बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको बाढी सूचना केन्द्रका अनुसार मंगलबार राति कैलालीको टीकापुर, चिसापानी लगायत कैलाली र कञ्चनपुरको धेरै स्थानमा ‘अति भारी’ वर्षा भएको छ ।

त्यस क्षेत्रमा थप वर्षा हुने देखिएकोले कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधर लगायत साना नदीमा आकस्मिक बाढीको खतरा रहेकाले सतर्क रहन एसएमएस पठाइएको छ ।

यस्तै दैलेख, सुर्खेत तथा आसपासका क्षेत्रमा राति ६ घण्टासम्म भारी वर्षा भएको छ । लोहोरे खोला तल्लोढुङ्गेश्वर, दैलेख बाढी मापन केन्द्र दैलेखमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले त्यसआसपासका तटीय क्षेत्रमा बसोबास गर्नेलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आह्वान गरेको छ ।

अहिले पनि देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

सुदुरपश्चिम प्रदेशमा मेघगर्जन र चट्टयाङसहित वर्षा गराउने बादल विकसित भैरहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

विहान ५ बजेको रेकर्ड अनुसार सुदूरपश्चिम प्रदेशका कैलाली, कन्चनपुर, डडेल्धुरा, डोटी, अछाम र प्रदेश २ का महोत्तरी, धनुषा र सप्तरी जिल्लाहरुमा मेघ गर्जन र चट्टयाङसहित मध्यम देखि भारी वर्षा भएको छ ।

आज दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेग गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

राती देशभर सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेग गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा र प्रदेश २, बाग्मती, कर्णाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ७ : १४ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज