रुकुम घटनाका पीडितलाई कलाकारले गरे पाँच लाख सहयोग « Khabarhub

रुकुम घटनाका पीडितलाई कलाकारले गरे पाँच लाख सहयोग


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुकुमपश्चिमको सोती घटनाका मृतकको परिवारलाई कलाकारहरुले पाँच लाख आर्थिक सहयोग गरेका छन् ।

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले जाजरकोटको भेरी नगरपालिकाका –प्रमुख सिपी घर्तीलाई उक्त सहयोग रकम हस्तान्तरण गरे ।

यही जेठ १० गते भएको घटनामा सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथी लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीको कुटपिटमा परी मृत्यु भएको थियो ।

मृतक नवराजको शव भेरी नदीमा भटिएको थियो । नवराजसँगै केटीको घरमा गएका अन्य पाँच जनाको पनि मृत्यु भएको थियो ।

सहयोग रकम मृतकका प्रत्येक परिवारलाई रु पचास हजारका दरले तीन लाख, प्रत्येक घाइतेलाई दश हजारको दरले १२ जनालाई एक लाख २० हजार र कानूनी प्रक्रियाका लागि ८० हजार गरी जम्मा पाँच लाख रकम नगरपालिकाका प्रमुख घर्तीमार्फत पीडितलाई हस्तान्तरण गरिएको हो ।

सोही अवसरमा वरिष्ठ कलाकार श्रेष्ठले भने, “२१औँ शताब्दीमा आएर पनि १६औँं शताब्दीको जस्तो व्यवहार गरेकोमा दुःख लाग्यो, दलित शब्द नेपाली शब्दकोषबाट नहटाएसम्म मानिसको मनबाट जातीय विभेद र छुवाछुत हट्दैन ।”

भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीले सोती घटना  निकै दुःखदायी भएको बताए । गायक तथा राष्ट्रिय कलाकार समूहका अध्यक्ष यश कुमारले अमेरिका, अष्ट्रेलिया, युकेलगायत विभिन्न देशबाट रकम संकलन गरिएको जानकारी दिए ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ८ : ४७ बजे

ओलीले दिए अध्यक्ष पदमा उम्मेदवारी

काठमाडौं– केपी शर्मा ओलीले नेकपा एमालेको अध्यक्ष पदका लागि उम्मेदवारी

पार्टीलाई सही ढङ्गले अघि बढाउन नेतृत्वमा दाबी गरेको हुँ : ईश्वर पोखरेल

काठमाडौं– नेकपा एमालेको अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले पार्टीलाई सही ढङ्गले

झिनो अंकले बढ्यो नेप्से, १५५ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

राखुका किसानलाई सुन्तला ढुवानीको समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली राखुका किसानलाई सुन्तला ढुवानी गर्न

कतारका लागि चितवनबाट बिदा भए खगेन्द्र र रूद्रकली

काठमाडौं– नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न तय भएका