वीरगञ्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

वीरगञ्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पर्साको वीरगञ्जमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

नारायणी अस्पतालका डाक्टर निरज सिंहका अनुसार वीरगञ्जमा बस्दै आएका एक जना भारतीय नागरिक र वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का एक जना पुरुषको मृत्यु भएको छ ।

मृत्यु भएका ५६ वर्षका भारतीय पुरूष मुटुसम्बन्धी समस्या लिएर  असार ७ गते अस्पताल भर्ना भएको डा.सिंहले जानकारी दिए । बिहीबार दिउँसो उनको शरीरमा अक्सिजनको मात्रा कम भएपछि भेन्टिलेटरमा राखिएको थियो । दिउँसो भेन्टिलेटरमा राखिएका उनको गएराति ११ बजे मृत्यु भएको डा.सिंहले खबरहबलाई बताए  ।

अर्का मृत्यु भएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का ३५ वर्षीय पुरुष निमोनियाको समस्या लिएर अस्पताल भर्ना भएको उनले जानकारी दिए । साउन १३ गते गण्डक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उनको बिहीबार राति ७:४० बजे मृत्यु भएको डा.सिंहले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ८ : २६ बजे

रास्वपाले गर्‍यो प्रतिनिधिसभा बैठक बहिष्कार, आन्दोलनबाट पछि नहट्ने अडान

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा पार्टीले राखेको

कानुन मन्त्रीले भने- बहुविवाहबारेको व्यवस्थालाई छलफल गरेर मात्रै टुंगोमा पुर्‍याउँछौँ

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले मुलुकी

कोइलाबास भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

घोराही– दाङको एक मात्र कोइलाबास भन्सारले लक्ष्यभन्दा झण्डै रु १०

प्राधिकरण विभाजनसम्बन्धी विधेयक एकसाथ अगाडि बढाइने

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल नागरिक

श्रीलङ्कामा बदनाम प्रहरी प्रमुखको महाभियोगबारे बहस शुरु

कोलम्बो- श्रीलङ्काको संसद्ले मङ्गलबार दुर्व्यवहार र आपराधिक व्यवहारका लागि प्रहरी