ओमानबाट आफ्नै खर्चमा स्वदेश फर्कन नसक्नेले दूतावासमा निवेदन पेस गर्नुपर्ने « Khabarhub

ओमानबाट आफ्नै खर्चमा स्वदेश फर्कन नसक्नेले दूतावासमा निवेदन पेस गर्नुपर्ने



दोहा : कोरोनाका कारण ओमानमा रोजगारी गुमाएर अलपत्र परेका नेपाली कामदारहरूलाई विभिन्न निकायहरूसँगको समन्वयमा उद्धार गरी स्वदेश फिर्ता गर्ने कार्य जारी रहेको ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार समस्यामा परेका नेपाली नागरिकहरूलाई स्वदेश फिर्ता हुन सहयोग गर्ने अभिप्रायले नेपाल सरकारले “कोभिड-१९ को विश्वव्यापी सङ्क्रमणको कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदशे फिर्ता गर्ने सम्बन्धी निर्देशिका” जारी गरी नेपाल फिर्ता सम्बन्धी सहयोगका लागि केही मापदण्डहरू तोकेको छ।

सोही मापदण्डले समेट्ने नेपाली नागरिहरूलाई निर्देशिकामा उल्लेख भएबमोजिम सहयोग दूतावासमार्फत उपलब्ध गराइने जनाएको छ ।

ओमानमा कोरोनाका कारण बेरोजगार बनेका तथा कम्पनीले पनि कुनै किसिमको सहयोग गर्न नसक्ने अवस्थामा भएको र स्वयम् पनि टिकट खरिद गरेर नेपाल फर्कन नसक्ने नेपाली नागरिकहरूलाई दूतावासमा निवेदन पेस अनुरोध गरेको छ ।

उक्त निवेदन दूतावासको इमेल मार्फत पनि पठाउन सकिने छ । यस सम्बन्धमा थप बुझ्न परेमा कार्यालय समयमा दूतावासका श्रम सहचारी कृष्णा कुमारी गौलीलाई ७१५९२५०६ मा र अन्य समयमा दूतावासको हटलाइन ७१५९२४९० मा सम्पर्क गर्न सकिनेछ ।

यस्ताे छ निवेदनकाे ढाँचा

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ९ : ३१ बजे

ग्यास वितरणमा गडबडीबारे सार्वजनिक बैठक गर्न सांसदको माग

काठमाडौं– रास्वपा सांसद बोध नारायण श्रेष्ठले एलपीजी ग्यासको वितरण प्रणालीमा

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै