विश्वभर १ करोड ११ लाखभन्दा बढी कोरोना संक्रमित निको | Khabarhub Khabarhub

विश्वभर १ करोड ११ लाखभन्दा बढी कोरोना संक्रमित निको


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर १ करोड ११ लाखभन्दा बढी कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।

यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख २० हजार ५५६ जना निको भएका छन् । योसँगै निको हुनेको कुल संख्या १ करोड ११ लाख ५१ हजार ३२८ छ । कुल संक्रमितका आधारमा निको हुने संक्रमितको संख्या करिव ६३ प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा २ लाख ८१ हजार ४५५ जना संक्रमित थपिएका छन् । योसँगै शनिबार यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको संख्या १ करोड ७७ लाख ४४ हजार ९५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार २२९ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ८२ हजार १९२ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३ हजार ३१९ जनाको मृत्यु भएको छ । २८ लाख ७१ हजार ८९० जना संक्रमित भएकोमा १७ लाख २९ हजार ७० जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख १८ हजार ५६५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५५ लाख १५ हजार ३२१ पुगेको छ । त्यसमध्ये २८ लाख ४२ हजार ६५९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ९६ हजार ७१८ जनाको मृत्यु भएको छ । ४२ लाख ९४ हजार ७०१ जना संक्रमित भएकोमा ३१ लाख ६७ हजार २४० जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ४३ हजार ६२७ जनाको मृत्यु भएको छ । ४१ लाख ११ हजार ९०७ जना संक्रमित भएकोमा २८ लाख १६ हजार ४३६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १९ हजार ७२६ जनाको ज्यान गएको छ भने ९ लाख ३१ हजार ७६४ संक्रमित छन् । संक्रमितमध्ये ५ लाख ८३ हजार ६५९ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २२२ जनाको मृत्यु भएको छ । १८ हजार ६४८ जना संक्रमित भएकोमा ११ हजार ६१३ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ६ : २५ बजे

नेशनल लाइफले १५ प्रतिशत बोनस दिने 

काठमाडौं– नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश दिने भएको छ

भोजपुरमा ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन’ कार्यक्रम

भोजपुर– पौवादुङमा गाउँपालिकामा पहिलोपटक ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन’ कार्यक्रम

प्रि ओपन सेसन : करिब एक अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) करिब

घुम्टोमा वीरगञ्जको घण्टाघर : छिटो मर्मतसम्भार गर्न माग

वीरगञ्ज– पर्सास्थित वीरगञ्जको प्रतिष्ठाको प्रतीक यहाँको घण्टाघरको केही भाग भत्किएको

पर्यटकीय विकासको पर्खाइमा ऐतिहासिक लोमान्थाङ

मुस्ताङ– म्याग्दी सदरमुकाम बेनीबाट कालीगण्डकी नदीको किनार हुँदै उत्तरतर्फ जाँदा