सफा सडक बनाउन ‘स्टिकर अभियान’ | Khabarhub Khabarhub

सफा सडक बनाउन ‘स्टिकर अभियान’


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- सडक सफा गर्न पर्वतमा अभियान शुरु भएको छ । जिल्लाभित्र पर्ने राजमार्ग क्षेत्रलाई सफा सडक बनाउने अभियान अन्तर्गत सडकमा फोहर नफाल्न आग्रह गर्दै पछिल्लो समयमा जनचेतना जगाउने अभियान तीव्र बनेको छ ।

सडकलाई स्वच्छ र हराभरा बनाउने अभियानअन्तर्गत पर्वत जिल्ला भएर चल्ने सवारी साधनमा जनचेतनामूलक सामग्री टाँस्ने ‘स्टिकर अभियान’ शुरु गरिएको छ । यात्रुले जथाभावी रुपमा फोहर फाल्न थालेपछि सरसफाइसम्बन्धी जनचेतना जगाउने र सचेतसमेत बनाउने उद्देश्यले ‘स्टिकर अभियान’ चलाइएको हो ।

यात्रुले फालेका खानेकुरा र फोहरले सडकमा दुर्गन्ध बढेपछि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी पर्वतले सवारी साधनमा सबै यात्रीले देख्ने गरी ‘पर्वतको सडक फोहोर फाल्न निषेध’ भन्ने नारासहितको स्टिकर राखेका छन् । पर्वतमा हालसम्म ५०० भन्दा बढी सवारी साधनमा स्टिकर टाँस्ने काम भएको छ ।

पर्वतको सडक फोहर फाल्न निषेध भन्ने नारासहितको सन्देश पर्वतबाट देशका विभिन्न ठाउँमा छुट्ने सवारी साधनमा टाँस्ने अभियान शनिबारदेखि शुरु गरिएको जिल्ला प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए । ‘धेरै यात्रुले बसमा आवतजावत गर्दा खाने र जथाभावी फोहर प्याक्दा दुर्गन्ध फैलिँदै आएको छ’, प्रमुख तिवारीले भने ।
स्टिकर टाँस्ने अभियानपछि यात्रुले जथाभावी फोहर फालेमा कारवाही गर्ने तयारी पर्वत प्रहरीको छ । अभियानले पर्वतलाई स्वच्छ हराभरा बनाउनेमा आफू विश्वस्त रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख रामकृष्ण गौलीले बताए ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ११ : २४ बजे

विद्यार्थीका लागि नेपाल टेलिकमको ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक

काठमाडौं– नेपाल टेलिकमले विद्यार्थीलाई लक्षित गर्दै ‘एनटी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा

बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

बागमती- पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मास्टरचोकमा गए राति यात्रुवाहक

चीनद्वारा अमेरिकामा ग्यालियम, जर्मेनियम र एन्टिमोनी निर्यात प्रतिबन्ध अस्थायी रूपमा स्थगित

बेइजिङ- चीनको वाणिज्य मन्त्रालयले आइतबार संयुक्त राज्य अमेरिकातर्फ निर्यात हुने

यही निर्वाचन प्रणालीबाट रास्वापाले बहुमत ल्याउँछ : डीपी अर्याल (अन्तर्वार्ता)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको सौराहमा शुक्रबार र शनिबार विस्तारित