कैदीबन्दीका कुरा गीतमा « Khabarhub

कैदीबन्दीका कुरा गीतमा


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माया, प्रेम र सामाजिक विषयवस्तु समेटिएका थुप्रै गीतसंगीत सार्वजनिक भएका छन् । तर यही समाजमा जेल जीवन बिताइरहेका कैदीबन्दीको दुःख पीडा र भोगाईका गीत सायदै बनेका होलान् । यसैले पनि गीतकार सूर्यबहादुर तामाङले हालै सार्वजनिक गरेको ‘जेलको गेटैमा’ बोलको लोकदोहोरी गीतले कैदीबन्दीका लागि विशेष महत्व राख्ने छ ।

विभिन्न परिबन्धमा परेर अहिले जेल जीवन बिताइरहेका तामाङले लेखेको ‘जेलको गेटैमा’ बोलको लोकदोहोरी गीत हालै सार्वजनिक भएको छ ।

लोक गायक रामजी खाँड र गायिका शान्ति श्री परियारले गाएको गीत ललितपुरस्थित नख्खु कारागारभित्रै विमोचन गरिएको छ । यो गीतलाई कारागारबाट बनेको नेपालको इतिहासमा पहिलो गीत भएको दावी गीतकार तामाङले गरेका छन् ।

जेल जीवन बिताएका थुप्रै व्यक्तिले जेल जीवनपछि विभिन्न कृति सार्वजनिक गरे पनि जेल सजाय भुक्तान गरिरहेकै अवस्थामा यस किसिमको गीत बनेको थिएन । बिशाल निरौलाले संगीत संयोजन गरेको गीत तयारका क्रममा कारागार प्रशासन, कारागार सुरक्षा विभाग र कारागार भित्रको आन्तरिक प्रशासनले गरेको सहयोगप्रति गीतकार तामाङले कृतज्ञता प्रकट गरेका छन् ।

नेपाल सरकारले कारागारलाई सजाय भुक्तान गर्ने थलोको रुपमा नभइ सुधार गृहको रुपमा अघि बढाइरहेको अवस्थामा जेल जीवन बिताइरहेका कैदीबन्दी सिर्जनात्मक कार्यमा लाग्नुलाई सकारात्मक रुपमा लिनु पर्ने कारागार अधिकारीहरुको भनाइ छ । यसबाट आफुलाई हौसला तथा प्रेरणा मिलेको गीतकार तामाङले बताए ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ११ : ३९ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना