वीरगञ्जमा थप २ कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

वीरगञ्जमा थप २ कोरोना संक्रमितको मृत्यु

१० दिनमा वीरगञ्जमा मात्र कोरोनाले ११ जनाको मृत्यु


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पर्साको विरगञ्जमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

एक महिलाको शुक्रबार राति मृत्यु भए पनि शनिबार मात्र अस्पतालले जानकारी दिएको हो भने अर्की एक महिलाको शनिबार साँझ मृत्यु भएको हो।

वीरगञ्ज-१६ नगवा बस्ने ६० वर्षीया महिलाको शनिबार साँझ ६ बजे मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

डा. मदन उपाध्यायले खबरहसँग भने, ‘बयोधा अस्पतालबाट नारायणी कोरोना विशेष अस्पतालमा लैजाने क्रममा शनिबार साँझ थप एक जना महिलाको मृत्यु भयो । उहाँको हिजो कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा आज मात्र रिपोर्ट पोजेटिभ आएको हो ।’

यसअघि हिजो मृत्यु भएकी ५० वर्षीय महिलाको पनि मृत्यु पछि मात्रै कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।

नारायणी बयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज-१६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले पुष्टि गरेका हुन ।

“हिजो बिहान १० बजेर १२ मिनेट जाँदा बयोधा अस्पतालमा उपचारको क्रममा वीरगंजकी एक महिलाको मृत्यु भएको हो,” डा सिंहले खबरहबसँग भने, “उहाँको मृत्युपछि कोरोना पुष्टि भयो । हिजो राति नै कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो ।”

यससँगै पछिल्लो १० दिनमा वीरगञ्जमा मात्र कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

यी दुबै जनाको मृत्यु कोरोनाका कारण भएको अस्पतालले पुष्टि गरे पनि स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी छ ।

स्वास्थ्य मन्त्रालयले तथ्यांक अनुसार शनिबारसम्म कोरोनाका कराण ५६ जनाको मृत्यु भएको छ ।

यो पनि पढौं

वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु 

 

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  १० : ०८ बजे

सञ्चालनमा आयो ग्वार्को ओभरपास, सवारी जाम घट्ने

काठमाडौं– ललितपुरको ग्वार्कोमा ३९ महिना लगाएर निर्माण गरिएको ओभरपास शुक्रबारदेखि

‘माग्ने बुढा’ले एकै फिल्मबाट लिए ६१ लाख पारिश्रमिक !

काठमाडौं – अहिले अनमोल केसी र प्रदीप खड्काले लिने पारश्रिमकको

वित्तीय क्षेत्रमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण छ : डेपुटी गभर्नर मिश्र

काठमाडौं– नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले आर्थिक

अजयको ‘सन अफ सरदार २’ जुलाई २० बाट प्रदर्शनमा आउने

काठमाडौं– सन् २०१२ मा प्रदर्शनमा आएको बलिउड फिल्म ‘सन अफ

इरानमा शासन परिवर्तनको चर्चा अस्वीकार्य : क्रेमलिन प्रवक्ता

मस्को– क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले इरानमा शासन परिवर्तनको कुनै