त्रिविको ताला खोल्न उच्च अदालतको अन्तरिम आदेश « Khabarhub

त्रिविको ताला खोल्न उच्च अदालतको अन्तरिम आदेश


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उच्च अदालत पाटनले त्रिभुवन विश्वविद्यालयमा गरिएको तालाबन्दी खुलाउन अन्तरिम आदेश दिएको छ ।

न्यायधीश रामबहादुर थापाको इजलासले स्थानीय प्रशासन ऐन २०२८ अनुसार शिक्षण संस्थामा तालाबन्दी जस्ता कुनै पनि अवरोध पुर्‍याउन नहुने भन्दै अन्तरिम आदेश जारी गर्दै साउन २३ गते दुवै पक्षलाई तारेखमा समेत डाकेको छ ।

आदेशमा विश्वविद्यालयको केन्द्रीय कार्यालय, सचिवालयमा तालाबन्दी जस्ता अवरोधजन्य कार्य नगर्नु, नगराउनु, सुचारु रुपमा सञ्चालन गर्न दिनु भनिएको छ ।

अदालतका अनुसार त्रिविका कर्मचारी महेश्वरमान श्रेष्ठले दायर गरेको रिटमा सुनुवाई गर्दै अल्पकालीन समयका लागि अन्तरिम आदेश जारी गरेको हो ।

त्रिविका पदाधिकारीका कार्यालयमा विभिन्‍न माग राखि प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल विद्यार्थी संघले विभिन्‍न समयमा तालाबन्दी गरेका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ८ : २६ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल