भूमि आयोगलाई काम अगाडि बढाउन मन्त्री अर्यालको निर्देशन « Khabarhub

भूमि आयोगलाई काम अगाडि बढाउन मन्त्री अर्यालको निर्देशन


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीसँग छलफल गरेकी छिन् ।

आयोग पदाधिकारी तथा केही सांसदसँग गरिएको छलफलमा मन्त्री अर्यालले आयोगको कामको प्रगतिबारे जानकारी लिएपछि आयोगलाई छिटो काम अगाडि बढाउन निर्देशन दिएकी हुन् ।

“जुन उद्देश्यका साथ आयोग गठन भएको हो, त्यसअनुसार छिटोभन्दा छिटो काम अगाडि बढाउनुस्”, मन्त्री अर्यालले भनिन्, “यो काम छिटो अगाडि बढाउनुपर्छ, तपाईंहरु त्यसमा लाग्नुस् ।”

देशभरका भूमिहीन तथा सुकुम्वासीलाई जमिनको मालिक बनाउने महत्वपूर्ण जिम्मेवारी आयोग र समग्र सरकारको जिम्मेवारीमा रहेको भन्दै उनले महत्वपूर्ण कार्य सबैले मिलेर सम्पन्न गर्नुपर्नेमा जोड दिइन् ।

भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले भूमिहीन, सुकुम्वासीको समस्या समाधान गर्ने कार्यमा सरकार, सरोकारवाला सबै मिलेर अगाडि बढ्न आग्रह गरिन् ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  १० : ४७ बजे

मुस्ताङमा बहुमूल्य हिमाली जडीबुटी तोराको संरक्षण र खेती विस्तार

मुस्ताङ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटस्थित तोरा ताल क्षेत्रमा

त्रिवि उपकुलपति प्रा डा थापाद्वारा कार्यभार सुरु

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा प्रा डा भोला थापाले

बालक हत्या गरेको आरोपमा एक जना पक्राउ

कैलाली – कैलालीमा दश वर्षीय बालक तनुज चौधरीको हत्या गरेको

चिनियाँ गाउँका कुनाकाप्चा पुग्दा जे देखियो (तस्बिरहरू)

पछिल्लो समय तीव्र विकासको गति पक्रिएका दुई छिमेकी चिनियाँ प्रान्त

टेरामक्स प्रकरणमा दिगम्बर झालाई एक वर्ष जेल सजाय, मोहन बस्नेतलाई सफाई

काठमाडौं- विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड