दुई नक्कली प्रहरी पक्राउ « Khabarhub

दुई नक्कली प्रहरी पक्राउ


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – जिल्ला प्रहरी कार्यालय दाङले दुईजना नक्कली प्रहरी पक्राउ गरेको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ल रहेका छन् ।

नेपालीले आफू जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक ‘योगेन्द्र हमाल हुँ’ भन्दै घोराही १५ ट्राफिक चोकमा रहेको लुम्बिनी होटल र मालिका भ्याली भ्यू होटलमा गई होटल सञ्चालकलाई अभद्र व्यवहार गरेको तथा मासिकरुपमा रकम दिनुपर्छ भनी धम्क्याउँदै आएका प्रनाउ खड्काले बताए ।

यसैगरी मल्लले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक हुँ भनी ट्राफिक चोकस्थित पाहुना गेष्ट हाउसमा  निःशुल्क खाना खाने गरेको र होटल सञ्चालकलाई अभद्र व्यवहार गरेको भनी जाहेरी परेकाले पक्राउ गरिएको हो ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को कसुरमा मुद्दा दर्ता गरिएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ७ : ०३ बजे

मनसुन सक्रिय भएसँगै मल वितरण प्रभावकारी, १९ दिनमै ४० हजार ५६९ मेट्रिकटन आपूर्ति

काठमाडौं – मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ तीव्र बनेको छ।

धान रोपाइँमा सुस्तता, असार २२ सम्म देशभर ३२ प्रतिशत मात्र रोपाइँ सम्पन्न

काठमाडौं– नेपालमा यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक समितिमा पठाइयो

काठमाडौं– प्रतिनिधिसभाले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ दफावार छलफलका

अमेरिकी फुटबल स्टार बालोगुनको प्रतिबन्ध स्थगित, युइएफएद्वारा फिफाको आलोचना

लुसान- अमेरिकी फुटबल स्टार फोलारिन बालोगुनलाई रातो कार्डपछि स्वतः लाग्ने एक

बाँकेमा ३० प्रतिशत मात्रै रोपाइँ

नेपालगन्ज– यस वर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब ३० प्रतिशत