झापामा राजस्व असुलीमा कमी « Khabarhub

झापामा राजस्व असुलीमा कमी


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- कोभिड–१९ को असर जिल्ला प्रशासन कार्यालय झापाले विभिन्न शीर्षकमा सङ्कलन गर्ने राजस्वमा समेत परेको छ ।

कार्यालयले गत आर्थिक वर्ष २०७६/०७७ को असारमसान्त सम्ममा विभिन्न शीर्षकबाट चार करोड तीन लाख १५ हजार ६०० मात्र राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका लेखापाल टेकप्रसाद नेपालले सबैभन्दा बढी राहदानी बिक्रीबाट तीन करोड ९० लाख ८५ हजार राजस्व सङ्कलन भएको जानकारी दिए । हातहतियार इजाजतबापत ३१ हजार, राष्ट्रिय परिचयपत्र कम्पुटर अपरेटरको परीक्षा सञ्चालन गरेबापत सात हजार ६०० अन्य प्रशासनिक सेवा शुल्कबापत ११ लाख दुई हजार ४५० राजस्व सङ्कलन भएको छ ।

सो राजस्व अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को भन्दा दुई करोड ५३ लाख ३५ हजार ६४८ ले कमी रहेको उनले बताए । अघिल्लो वर्ष कार्यालयले छ करोड ५६ लाख ५१ हजार २८४ राजस्व सङ्कलन गरेको थियो ।

लेखापाल नेपालले आवको दोस्रो चौमासिक शुरु नहुँदै बन्दाबन्दी भएको कारण विगत वर्षहरुको दाँजोमा राजस्वमा गिरावट आएको बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ९ : ४९ बजे

चिया निर्यातका समस्या समाधान गर्न कूटनीतिक माध्यमबाट पहल गरिरहेका छौँ : उद्योगमन्त्री 

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले चिया निर्यातमा देखिएको

राहदानी छपाइ अनियमितता प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं– ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

दुग्ध उत्पादक कृषकलाई गाउँपालिकाको अनुदान

पर्वत– व्यावसायिक रुपमा पशुपालन गरी दूध उत्पादन गर्दै आएका कृषकलाई

ट्रम्पलाई उत्तर कोरियासँग संवाद अघि बढाउन दक्षिण कोरियाको आग्रह

सियोल– दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियासँगको

फ्लेभर्स अफ थाइल्याण्ड : थाई परिकार अब काठमाडौं मेरियट होटेलमा

काठमाडौं– काठमाडौं मेरियट होटेलले थाई परिकारको स्वाद अब राजधानी काठमाडौँमै अनुभव