ओली-दाहाल वार्ता आज पनि निष्कर्षविहिन | Khabarhub Khabarhub

ओली-दाहाल वार्ता आज पनि निष्कर्षविहिन


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधानार्थ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भएको वार्ता पनि निष्कर्षविहिन भएको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा वरिष्ठ नेता झलनाथ खनाल र नेता सुवास नेम्वाङ पनि सहभागी भएको करिव २ घण्टाको वार्ता विना निष्कर्ष सकिएको हो ।

जनैपूर्णिमाको शुभकामना आदान प्रदान गरी वार्ता प्रारम्भ गरेका नेताद्वयले आ-आफ्ना अडान कायमै राखेको बताइएको छ ।

आजको वार्तामा प्रचण्डले ओलीलाई नेताहरूको व्यवस्थापनका लागि र सरकार एवं पार्टीको काम प्रभावकारी बनाउन निकास दिन आग्रह गरेकोमा ओलीले महाधिवेशनअघि सरकार र पार्टीको नेतृत्व नछाड्ने आफ्नो पूरानै अडान दोहोर्‍याएको स्रोतले जनाएको छ । त्यसअतिरिक्त ओलीले स्थायी कमिटीका लागि तय गरिएका एजेण्डाभन्दा बाहिर गएर समस्या सृजना गरिएकोमा पनि आपत्ति जनाएको बताइएको छ ।

छलफल निचोडमा नपुगेपछि भोलि फेरि वार्तामा बस्ने समझदारीपछि प्रचण्ड बालुवाटारबाट बाहिरिएका थिए । साउन १३ को स्थायी कमिटी बैठक ओलीले एकपक्षीय रूपमा स्थगित गरेपछि संवादहिनको अवस्थामा पुगेका ओली र दाहालबीच आइतबार पनि तीन घण्टा वार्ता भएको थियो ।

एक व्यक्ति एक पदको एजेण्डा चर्काउँदै प्रचण्ड-माधव समूहले ओलीलाई सकेसम्म दुबै पद नत्र कम्तिमा एक पदबाट राजीनामा गर्न दबाब दिएपछि स्थायी कमिटी बैठक अघि बढ्न सकेको छैन ।

असार १० गते सुरू भएको स्थायी कमिटी बैठकमा एजेण्डामा नभएको विषयलाई बैठकमा प्रवेश गराएको भन्दै ओली पक्षीय नेताहरूले विरोध गर्दै आएका छन् ।

ओलीले बैठक चलिरहेकै बेला सार्वजनिक कार्यक्रमार्फत भारतको निर्देशनमा नेकपाकै नेताहरू सरकार ढाल्न उद्यत भएको आरोप लगाएपछि उनको राजीनामाको विषय स्थायी कमिटीमा पनि प्रवेश गरेको थियो ।

यद्यपि ओलीको राजीनामाको विषय प्रचण्ड-माधव समूहले सरकार र पार्टी सञ्चालनको समीक्षा भन्ने एजेण्डामा माग्ने तयारी गरेका थिए । तर, त्यसअघि नै ओलीले शीर्ष नेतालाई भारतको एजेन्टको अर्थ लाग्ने गरीको आरोप लगाएपछि प्रचण्ड-माधव समूहका नेताहरू ओलीसँग रिसाएका थिए । त्यसयता स्थायी कमिटी बैठक नै भाँडिएको थियो ।

ओलीले यहीबीचमा संसद अधिवेशन अन्त्य गरे । उनले अध्यादेश ल्याउने र पार्टी फुटाउनेसम्मको तयारी गरेको आरोप लगाउँदै अर्को पक्ष केही दिन रक्षात्मक देखियो । बैठक नै अघि बढ्न नसकेपछि ओली र प्रचण्ड एक्लाएक्लै वार्तामा बसे । तर, विवादको निकास भएन । बरू यहीबीचमा बसेको सचिवालय बैठकमा अग्रिम महाधिवेशनको विषयले प्रवेश पाएपछि नेकपा विवाद मत्थर हुने ठानिएको थियो ।

तर, त्यसमा ओली-प्रचण्डबीच भएको भनिएको सहमति २४ घण्टा नबित्दै उल्टिएपछि नेकपाको विवाद स्थायी कमिटी बैठक सुरू हुनु पूर्वकै अवस्थामा पुगेको छ ।

 

 

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  १२ : ०७ बजे

अदालतको आदेशपछि परिचारिका काममा फर्किने

काठमाडौं – नेपाल वायुसेवा निगमले श्रम अदालतको आदेश बमोजिम विमान

गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

काठमाडौं – गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुव्र्यवहार

ट्रम्प र पुटिनबीच बिहीबार फोनवार्ता हुने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड

युवाहरुलाई सीप सिकाउँदै गण्डकी प्रेदश सरकार

गण्डकी – युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन गण्डकी प्रदेश सरकारले व्यावसायिक

सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री