खोलाले बगाएर एक वृद्धको मृत्यु « Khabarhub

खोलाले बगाएर एक वृद्धको मृत्यु


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा- धनकुटाको साँगुरीगढी गाउँपालिका–३ खुवाफोकस्थित मादेनमा खोलाले बगाउँदा एक बृद्धाको मृत्यु भएको छ । आईतबार दिउँसो करिब १२ बजे मादेनस्थित रघुवा खोलाले बगाउँदा स्थानीय ७७ बर्षीया सरस्वती गुरुङ याक्खाको मृत्यु भएको हो ।

गोठालो जाने क्रममा खोला तर्दा बगाएर याखाको मृत्यु भएको स्थानीय अर्जुन याखाले जानकारी दिए । ‘गाईबस्तु लिएर गोठालो जानु भएको थियो । खोला तर्ने क्रममा काठे पुलबाट चिल्लिएर खोलामा झर्नु भएछ ।’ उनले भने– ‘खोलाले बगाएर झण्डै २ सय मिटर तल पुर्याएर ढुंगामा अड्किएको अवस्थामा लास निकाल्यौ ।’

खोलाले बगाएर बृद्धाको मृत्यु भएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि प्रहरी चौकी डाडाबजार र ईलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली घटनास्थल गएको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि सोमबार बिहान धनकुटा जिल्ला अस्पताल ल्याइएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  १२ : ११ बजे

एमाले महाधिवेशनः नयाँ नेतृत्वको मतदान आज हुँदै, तयार भए ८० विद्युतीय भोटिङ मेसिन

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका

२०८२ साल अनुरूप नै २०८३ को पञ्चाङ्ग पात्रो प्रकाशन हुने

काठमाडौं – विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

निर्वाचन ७८ दिन बाँकीः १० वटा मात्रै झण्डा प्रयोग पाउने, कस्तो बन्यो आचारसंहिता ?

काठमाडौं – निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस २ गते बुधबार तदनुसार