चिकित्सकमा कोरोना देखिएपछि सील गरिएको विराट नर्सिङ होम खुल्यो « Khabarhub

चिकित्सकमा कोरोना देखिएपछि सील गरिएको विराट नर्सिङ होम खुल्यो


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- वरिष्ठ चिकित्सकलाई कोरोना देखिएपछि सील गरिएको विराट नर्सिङ होम तथा विराटनगर अस्पतालको सेवा सोमबार बिहानबाट सञ्चालनमा आएको छ ।

अस्पतालले सार्वजनिक सूचनानै जारी गरी अस्पतालका आकस्मिक सेवा सञ्चालनमा ल्याइएको जनाएको छ । ओपीडी (बहिरंग) सेवा भने हाललाई बन्द नै रहने भएको छ । अस्पतालको आन्तरिक व्यवस्थापनसँग जोडिएका चिकित्सकमा साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सील गरी सबै सेवा बन्द गरिएको थियो ।

ती चिकित्सकको अहिले काठमाडौंमा उपचार भइरहेको छ । आफ्नो पहिचान खुल्ने सबै विवरण लुकाएर स्वाब परीक्षणका लागि पठाएको र संक्रमण पुष्टि भइसकेपछि पनि ३८ घण्टासम्म सम्पर्कमा नआएको भन्दै उनको आलोचना भएको थियो ।

त्यसपछि नयाँ बिरामी भर्नामा रोक लगाउँदै अस्पताल साउन ८ गतेबाट सील गरिएको थियो । अस्पताल सील गर्दै त्यहाँका अरु चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी तथा उनीहरुसँग सम्पर्कमा रहेकाहरुको पीसीआर परीक्षण गरियो । परीक्षणका क्रममा विराटसँग आवद्ध १३ जनामा हालसम्म संक्रमण पुष्टि भइसकेको छ ।

सील गरिएको ११ दिनपछि आकस्मिक सेवा सञ्चालनमा ल्याइएको अस्पतालका प्रशासन प्रमुख पदम विनाडीले बताए । उनले आकस्मिक बाहेकका अन्य सेवा भने तत्कालका लागि बन्दनै रहने जनाए ।

विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले उपचाररत बिरामी, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षागार्ड लगायतलाई कोभिड–१९ को दायरामा ल्याइसकिएका कारण अस्पतालको आकस्मिक सेवा सञ्चालन गर्न दिइएको बताए । अनुगमनका क्रममा पूरै अस्पताल सेनीटाइज गरेर ‘डिसइन्फेक्ट’ गर्दै सुरक्षित बनाइएको पाइएपछि आकस्मिक सेवा सञ्चालनको अनुमति दिइएको उनको भनाइ छ ।

‘आकस्मिक सेवा अति आवश्यक सेवा हो,’ कार्कीले भने, ‘स्वास्थ्य सम्बन्धी सबै मापदण्ड पूरा गरिसकेको र आगामी दिनमा पनि गर्ने प्रतिवद्धता अस्पतालले जनाएका कारण त्यहाँबाट अन्यत्र संक्रमण फैलन सक्ने अवस्था नभएपछि सञ्चालन गर्न दिइएको हो ।’

स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्डका आधारमा अस्पताल सञ्चालनका लागि केही सर्त राखिएको र ती सर्त पूरा गर्ने भएपछि प्रक्रिया पूरा गरेर तत्काललाई सेवा सुचारु गर्ने वातावरण बनाइएको उनको भनाइ छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  २ : ०४ बजे

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ