भारतीय कांग्रेस परिवारवाद र पैसाले चलेको छ, भाजपा रगत र पसिनाले –मोदी « Khabarhub

भारतीय कांग्रेस परिवारवाद र पैसाले चलेको छ, भाजपा रगत र पसिनाले –मोदी


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उडिसा– भारतका प्रधानमन्त्री तथा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले भारतीय राष्ट्रिय कांग्रैस पार्टी परिवारवाद र पैसाको भरमा चलेको टिप्पणी गरेका छन् ।

शनिबार आयोजित चुनावी सभालाई सम्वोधन गर्दै मोदीले कांग्रैसको नाम उल्लेन नगरि भने “कुनै पार्टी परिवारवाद र पैसाको भरमा चलेका छन्, भारतीय जनता पार्टी भने जनताको रगत र पसिनाले चलेको हो ।”

कांग्रेसप्रति आक्रामक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री मोदीले आफ्नो पार्टीका लागि जनताले धेरै मेहनत गरेको बताए । कतिपयले पार्टीकै लागि सम्पूर्ण जीवन विताएको उनले स्मरण गरे ।

आफ्नो पार्टीमा काम गर्नेहरुले देश र जनताको हितका लागि काम गरेको प्रधानमन्त्री मोदीको भनाइ छ । भारतमा यसै महिनाको २८ गतेबाट चुनाव शुरु हुनै लाग्दा राजनीतिक दलहरुको सक्रियता निकै बढेको छ ।

सत्तारुढ भारतीय जनता पार्टी र भारतीय कांग्रेसका बीच चुनावी प्रतिस्पर्धा तीब्र हुने आकलनहरु गरिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ३ : ४४ बजे

एसियन गेम्स छनोटको सेमिफाइनलमा नेपालको कसिलो बलिङ : ओमान ९४ रनमा अलआउट

काठमाडौँ– एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानविरुद्ध

आज विश्व खाद्य सुरक्षा दिवस मनाइँदै, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

काठमाडौँ– विश्व खाद्य सुरक्षा दिवस आज नेपालसहित विश्वभर मनाइँदै छ

ट्राफिक कारबाहीबाट चार लाख ९१ हजार राजस्व सङ्कलन

काठमाडौँ– उपत्यका ट्राफिक प्रहरी कार्यालयले शनिबार बिदाको दिन २ हजार

एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ– एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपालले

हुम्लाको ताँजाकोटमा खानेपानीको समस्या

हुम्ला– हुम्लाको ताँजाकोट गाउँपालिका–१ को बौल्यानामा खानेपानीको चरम समस्या भएको