विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु « Khabarhub

विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोशी अस्पताल विराटनगरमा मृत्यु भएका एकजना वृद्ध पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर ५ का ७७ वर्षका पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले खबरहबलाई बताए ।

सूचना अधिकारी बुढाथोकीका अनुसार ती वृद्ध पुरुषलाई आज बिहान साढे ११ बजे मात्र कोशी अस्पतालको आइसोलेसनमा ल्याइएको थियो ।

उनको अस्पतालमा ल्याउने वित्तिकै कोरोना परीक्षणका लागि नमुना संकलन गरी प्रयोगशालामा पठाइएको थियो ।

ती वृद्ध पुरुषको आज दिउँसो ३ बजे आइसोलेसनमै उपचारका क्रममा मृत्यु भएको र रिपोर्ट भने केही समय अघि पोजेटिभ आएको सूचना अधिकारी बुढाथोकीले बताए ।

‘अस्पतालको आइसोलेसनमा आज विहान साढे ११ बजे भर्ना भएका ७७ वर्षका पुरुषको ३ बजे मृत्यु भयो,’ सूचना अधिकारी बुढाथोकीले भने, ‘आइसोलेसनमा आउने वित्तिकै स्वाब लिएर प्रयोगशालामा पठाइएकोमा रिपोर्ट पोजेटिभ आयो ।’

सूचना अधिकारी बुढाथोकीका अनुसार मृतक पुरुषको शव अहिले कोशी अस्पतालको आइसोलेसनमै रहेको छ ।

उनको शव कोभिड १९ संक्रमितको शव व्यवस्थापन निर्देशिका अनुसार नेपाली सेनाले भोलि मात्र व्यवास्थप गर्ने सूचना अधिकारी बुढाथोकीले बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ६ : १० बजे

सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका

म्याग्दीका भीरमा जोखिमपूर्ण मह सिकार सुरु: पहिलो दिनमै ७० लिटर सङ्कलन

म्याग्दी – म्याग्दीका लेकाली क्षेत्रमा व्यावसायिक रूपमा भिरमह सिकार सुरु

बन्दीपुरमा ‘गाउँ पर्यटन मार्ट’: हिमाली स्वाददेखि तराईको संस्कृतिसम्म

बन्दीपुर – पहाडकी रानी उपमाले परिचित तनहुँको बन्दीपुरमा बिहीबारदेखि ‘गाउँ

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

झापा – मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को

कञ्चनपुरका मजदुरलाई छैन न्यूनतम ज्याला, महिलामाथि विभेद

कञ्चनपुर – भीमदत्त नगरपालिका–८ की राजमती दमाईले गत सिजनमा अढाइ