नेप्सेमा सामान्य सुधार « Khabarhub

नेप्सेमा सामान्य सुधार


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साताको पहिलो दिन उच्च अङ्कको गिरावट आएको धितोपत्र बजारमा आज भने सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ७.५९ अङ्कले बढेर एक हजार ४०३.८६ पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.४७ अङ्कले बढेर २९४.२४ पुगेको छ । आज कूल १९० कम्पनीका ५३ लाख ४२ हजार ५८१ कित्ता शेयर रु एक अर्ब २९ करोड दुई लाख २५ हजार २१३ मा खरिदबिक्री भए । आज कारोबार भएका कूल १२ मध्ये तीन उपसमूहको शेयर ओरालो लागेको छ ।

जलविद्युत् ३.५५ अङ्कले घट्दा वित्त ०.८४ र सामूहिक लागनी कोष ०.०६ अङ्कले घटेका छन् । यस्तै बैंकिङ ७.०५, व्यापार ९.४४, होटल ३३.७७, विकास बैंक ६.२४, निर्जीवन बीमा ४६.७१, उत्पादन ८.१५, अन्य ३.८२, लघुवित्त १५.७३ र जीवन बीमा ५८.७८ अङ्कले बढेका छन् ।

कारोबार रकमका आधारमा आज प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ३४ करोड २९ लाख ६० हजार ५०० मा खरिदबिक्री भयो ।

यस्तै नेपाल पुनःबीमा कम्पनीको रु १० करोड चार लाख १७ हजार ६३९, नेपाल लाइफ इन्स्योरेन्सको रु छ करोड ३२ लाख १४ हजार ८८, एनआइसी एसिया बैंकको रु पाँच करोड १५ लाख ५१ हजार ७६६, एनएमबी बैंकको रु चार करोड ५५ लाख ७९ हजार ३४८ र नविल बैंकको शेयर रु तीन करोड ४९ लाख ३७ हजार ४४४ मा खरिद बिक्री भयो ।

अजोड इन्स्योरेन्सका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतले कमाए । यस्तै आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था ९.९२, नेपाल फाइनान्स ९.४६, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ७.२७ र ग्रीन डेभलपमेन्ट बैंकका शेयरधनीले ६.५४ प्रतिशतले कमाए ।

दिव्यश्वरी हाइड्रोपावर प्रालिका शेयरधनीले ६.९० प्रतिशतले गुमाए । युनियन हाइड्रोपावर ६.५६, जोशी हाइड्रोपावर डेभलपमेन्ट ६.१५, छ्याङ्दी हाइड्रोपावर ५.३८ र युनाइटेड फाइनान्सका लगानीकर्ता ५.३२ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ६ : ५४ बजे

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल