प्रदेश २ मा कोरोना संक्रमित ५ हजार नाघे « Khabarhub

प्रदेश २ मा कोरोना संक्रमित ५ हजार नाघे


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ।

सोमबार मात्रै १०३ संक्रमति थपिएका छन्। यो संख्यासँगै संक्रमित ५ हजार ९ पुगेका छन्। सामाजिक विकास मन्त्रालयका वरिष्ट जनस्वास्थ्य प्रशासक विजय कुमार झाका अनुसार पछिल्लो २४ घण्टामा पर्सामा सबैभन्दा बढी ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै धनुषा र महोत्तरीमा ३०/३० जना कोरोना संक्रमित थपिएका छन्। बारामा ३ जना, सिरहामा १ जना र सर्लाहीमा पनि १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश २ मा आज ११ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। तीमध्ये ३ जना महिला छन्।

आजको तथ्यांक हेर्दा प्रदेश २ का तीन मुख्य शहर जनकपुरधाम, वीरगन्ज र जलेश्‍वरमा बढी संक्रमित फेला परेका छन्। यी तीनै शहरमा कोरोनाको जोखिम बढेको छ ।

 

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ७ : ३८ बजे

लामिन यामल भन्छन्- मेस्सी नै विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ