नेपालगञ्ज उपमहानगरपालिका ‘सिल’ « Khabarhub

नेपालगञ्ज उपमहानगरपालिका ‘सिल’


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय ‘सिल’ गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्ष र वडा कार्यालयका सात कर्मचारीमा कोरोना देखिएपछि सङ्क्रमणको जोखिमका कारण अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले जानकारी दिए ।

लकडाउनको अवधिमा बाँकेमा महिला तथा बालबालिकासम्बन्धी घटनामा वृद्धि भएको बढेको छ ।

चार महिना लामो लकडाउन हुँदा बालविवाह, बाल दुव्र्यवहार, बालबालिका कुटपिट, महिला तथा लैंगिक हिंसा, बालबालिका हराएको, आत्महत्या जस्ता घटना बढेको महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाको तथ्याङ्कले देखाएको छ ।

स्याक नेपाल बाँकेको तथ्याङ्कअनुसार ५३ घटना रहेको संस्थाका परियोजनाका व्यवस्थापक जगदिश थापाले बताए ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले घटना रोकथामका लागि बाँके प्रहरीले काम गर्दै आए पनि लकडाउनमा प्रभावकारी रुपमा प्रहरी परिचाल गर्न नसक्दा महिला तथा बालबालिका माथिको हिंसाका घटनामा वृद्धि भएको छ ।

बाँके जिल्ला महिला तथा बालबालिकाको उच्च जोखिममा रहेको जिल्ला हो । विगतदेखि नै बाँकेमा महिला तथा बालबालिका माथि हिंसाका घटना अधिक हुने गरेकाले यसको नियन्त्रणका लागि सबैको साझा प्रयास हुनुपर्नेमा जोड दिइएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ८ : ५८ बजे

लामिन यामल भन्छन्- मेस्सी नै विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ