भारतको श्रीनगरमा दुई दिनसम्म कर्फ्यू « Khabarhub

भारतको श्रीनगरमा दुई दिनसम्म कर्फ्यू


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारत सरकारले श्रीनगरमा २ दिन कर्फ्यू जारी गरेको छ ।

जम्मू-कश्मीरलाई दिइएको विशेष दर्जा खारेज गरिएको पहिलो वर्षगाँठ पुगेको अवसरमा हुन सक्ने सम्भावित विरोधलाई मध्यनजर गर्दै आज र भोलि श्रीनगरमा कर्फ्यू जारी गरिएको हो ।

अलकायदा र पाकिस्तान समर्थित समूहले अगस्ट पाँचलाई कालो दिवस मनाउने तयारी गरेको सूचना बाहिरिएपछि उक्त प्रदर्शन रोक्न तथा सम्भावित क्षतिबाट कर्फ्यू जारी गरिएको सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

कर्फ्यू उल्लंघन हुन नदिन व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । स्वास्थ्य समस्या भएर अस्पताल जान बाहेक बाहिर निस्किए कारबाही हुने चेतावनी दिइएको छ ।

मोदी सरकारले गत वर्ष जम्मू-कश्मीरलाई विशेषाधिकार प्रदान गरेको अनुच्छेद ३७० संविधानबाट हटाउँदै सन् २०१९ को अगष्ट ५ मा केन्द्र शासित प्रदेश बनाउने निर्णय गरेको थियो । उक्त निर्णयसँगै भारत-प्रशासित साबिक जम्मू-कश्मीर राज्य जम्मू-कश्मीर र लद्दाख  गरी दुई केन्द्रशासित प्रदेश भएका थिए ।

सो निर्णयको भारतमा विपक्षी दल र जम्मू-कश्मिर क्षेत्रमा नै विरोध भएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ६ : २९ बजे

लामिन यामल भन्छन्- मेसी नै विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ